दाङमा चार हजार बिघा जग्गामा मोही विवाद

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ पुस | दाङमा चार हजार बिघा जग्गामा मोही विवाद रहेको छ । भूमिसुधार कार्यालय दाङका सूचना अधिकारी गंगाराम पोख्रेलका अनुसार जिल्लामा जग्गा नाम सारी सम्बन्धी एक हजार एक सय ६२, मोही बेदखली सम्बन्धी २२, मोही लगतकट्टा सम्बन्धी सात सय ७२ र जग्गा बाँडफाँट सम्बन्धी एक हजार ६ सय ५२ निवेदन परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमध्ये अहिले जग्गा नाम सारी सम्बन्धी तीन सय ८४, मोही बेदखली सम्बन्धी २२, मोही लगतकट्टा सम्बन्धी एक सय १७ र जग्गा बाँडफाँट सम्बन्धी एक सय ८३ वटा मुद्दा मात्र मिलान हुन सकेको छ । मोहीलाई जग्गाको सट्टा दुई करोड ८० लाख रुपैयाँ दिएर पनि विवाद मिलान गरेको सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।

एउटै मोहीले धेरै जग्गाधनीलाई मुद्दा दिँदा मोहीसम्बन्धी विवाद मिलाउन कठिन भएको छ । टुक्रा भएर धेरै व्यक्तिका नाममा नामसारी भइसकेको जग्गामा मोहियानी हक पाउनुपर्ने माग गरिएपछि जिल्ला भूमिसुधार कार्यालय अप्ठ्यारोमा परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निवेदन दिनेमा अधिकांश जोतभोग गर्नेका छोरा–नातिदेखि पनातिसम्म छन् । निवेदन दिएका धेरैजसोको प्रमाण नै नपुगेको कार्यालयका सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *