पैसाले अड्कायो गिनिज बुकमा नाम लेखाउने सपना

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, पुस २४ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोला निवासी ऋषि परियारले गिनिज बुकमा नाम लेखाउनका लागि आर्थिक सहयोग संकलन थालिएको छ । हातले एक माईल (१६०० मिटर) हिडेर गिनिज बुकमा नाम लेखाउने सपना बोकेका परियारले यही माघ ३ गतेभित्र आफुले एक माईल हातले हिडेको भिडियो गिनिज बुकको कार्यालय पठाउने तयारी भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार ५० मिनेटमा त्यो समय पार गर्नुपर्छ । आफुले त्यो समयमा हातले हिडेर एक माईल पार गर्न सक्ने भएपनि आर्थिक अबस्था कम्जोर भएकाले समस्या भएको बताउनुभयो । आफुले हातले टेकेर एक माईल हिडेपछि गिजिन बुकमा नयाँ रेकर्ड कायम हुने भन्दै दाङ मात्रै नभई देशकै नाम उचाईमा पुग्ने भन्दै सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ । ‘म यो कार्य गर्न सक्छु, तर म संग आर्थिक छैन्, त्यसले गर्दा समस्या भएको छ’ उहाँले भन्नुभयो ‘सबैको सहयोग पाए मैले गिनिज बुकमा नाम लेखाउन सक्छु ।’ करिब चार लाख रुपैँया आबश्यक पर्ने भएपनि अहिले आफुसंग एक आर्थिक अभाव भएको बताउनुभयो ।

यसैबीच सहयोग संकलनकालागि तुलसीपुरमा समिति गठन गरिएको छ । तुलसी थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । जसको सदस्य सचिबमा सीता वली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिल कुमारी घर्ती, ईश्वरा रोका, चेतमान सेजुवाल, जानका खड्का, दीपक बोहरा, अमर नेपाली, बसन्त भण्डारी, टेकबहादुर केसी, मदन भुषाल, ऋषि परियार, र ईशा वली रहनु भएको छ । सथै आर्थिक पाँच सदस्यीय आर्थिक मुल समिति समेत गठन गरिएको छ । जसमा तुलसी थापा, सीता वली, ईश्वरा रोका, दिलकुमारी घर्ती र ऋषि परियार रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *