पर्यटकीय क्षेत्र देवीकोटमा नयाँ संरचना बन्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ, २२ पुस । दाङ देउखुरीको धार्मिक तथा पर्यटकीय क्षेत्र राप्ती गाउँपालिका ९ देवीकोटमा अवस्थीत भद्राक्षीदेवी मन्दिर परिसरमा नयाँ नयाँ संरचना निमार्ण भएका छन् । भने कतिपय निमार्ण प्रक्रियामा रहेका छन् । लमही भालुवाङ सडक खण्डको मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा देबीकोट पुगिन्छ । देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानले परिचित छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भद्राक्षी देवी मन्दिरमा पूजा आरधना र प्राकृतीक रमणीय दृष्यावलोकन गर्न आजभोली धेरै मानिसहरु पुग्ने गर्दछन् । देवीकोटमा बोलेरो जस्ता साना सवारी साधन र मोटरसाईकल,ट्याक्टर चल्न थालेका छन् । देवीकोटमा सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । प्राथमिक विद्यालय धापखोला सहित घोडेवास, छाउनी टोल, भद्रासी देवी मन्दिर, माझटोल, लेवासे गाउँमा खानेपानीको सुबिधा भएको छ । विद्युतको पोल र तार देवीकोट सम्म तानिसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर भित्री गाउँ सम्म विद्युत पु¥याउन भने बाँकी छ । अहिले सो स्थानमा राप्ती गाउँपालिका ८ बिजौरी निवासी स्व. मातापिताको संझानामा गिरबहादुर ज्ञवालीले शिव मन्दिर निमार्ण गरिदिएका छन् , त्यस्तै राप्ती गाउँपालिका ४ मौरीघाट निवासी स्व.प्रेमबहादुर जिसी र खिमादेवी जिसीको संझनामा छोराहरु कृष्णबहादुर जिसी,चन्द्रबहादुर जिसी र डम्बरबहादुर जिसीले ७ लाख २५ हजारको लगानीमा प्रेम धर्मशाला निमार्ण गरेका छन् । भने जिल्ला समन्वय समिति दाङको करिव २ लाखको लागतमा एउटा सार्वजनिक शौचालय निमार्ण भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

३ विगाह ६ कठ्ठा क्षेत्रफलमा तारबार गरिएको छ । त्यस्तै विवाह मण्डप, गणेश मन्दिर,हनुमान मन्दिर निमार्णाधिन अवस्थामा रहेको छ । देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउँ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत, र गोश्वारा कार्यालय समेत रहेको भनाई छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण भएको हो भन्ने तर्क पनि गरिन्छ । यी कुराहरुको ऐतिहासिक तथ्य केहि नभएपनि केहि भवनका भग्नावशेषहरु भने अध्ययनको लागी देख्न सकिन्छ । देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

यस ठाउँको प्रचार प्रसार हुन नसक्दा पर्यटन वर्ष २०२० समेत खल्लो हुने देखिन्छ । राप्ती गाउपालिका भित्र ऐतिहासिक, धार्मीक र साँस्कृतीक धरोहरहरु धेरै छन् । कतिपय प्राकृतीक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ । राप्ती गाउँपालिका भित्रका ग्रामीण पर्यटन स्थलमा ल्याउन आवश्यक भौतिक पुर्वाधार तयार हुन जरुरी छ । पर्यटकिय स्थलमा पुग्नको लागि सडक,खानेपानी,स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । ग्रामीण पर्यटकहरुलाई खाने वस्ने सुविधा जनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टे पनि जरुरी रहेको स्थानीयहरुको भनाई छ ।

 

देवीकोट महायज्ञबाट २५ लाख भन्दा बढी बचत राप्ती गाउँपालिका ४ मझनीगढमा गत मंसिर १२ गते देखि सञ्चालित महायज्ञको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार राप्ती गाउँपालिका ९ देवीकोटमा सम्पन्न भएको छ । देवीकोट धार्मिक तथा पर्यटन विकास समिति राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञमा कुल २५ लाख ३२ हजार १ सय ९१ रूपैयाँ बचत गर्न सफल भएको छ ।

जसमा आम्दानी ५७ लाख ७२ हजार ४ सय १० रूपैयाँ ,खर्च १७ लाख २ हजार ७ सय ५३ रूपैयाँ र १५ लाख ३७ हजार ४ सय ६६ रूपैयाँ उठ्न बाँकी रहेको समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीले जानकारी दिएका छन् ।

समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,२ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा,८ नम्बर वडा अध्यक्ष गोकर्णबहादुर रानामगर,९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी,जिवराज वली लगायतका वक्ताहरूले बोलेका थिए । कुलराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन हरिप्रसाद भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *