सिसहनियाँ, २३ पुस । दाङ देउखुरीको लमही बजारमा कपडा घर सञ्चालनमा आएकाे छ । असाहय,गरिव तथा विपन्न परिवारलाई लक्षित गरी एम्नेस्टी इन्टरनेश्नलले लमहीमा कपडा घर सञ्चालनमा ल्याइएको हाे ।
लमही बसपार्क नजिक सानाे ढेब्लीमा मंगलबार देखि निशुल्क रुपमा नागरिकहरुका लागि सेवा दिने उदेश्यले साे कपडा घर सञ्चालनमा आएकाे हाे ।कपडा घरकाे लमही नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष बिमबहादुर केसीले उद्घाटन गरेका छन् ।
कपडा घरको उदघाटन गर्दै केसीले कपडा घरमा नगरपालिकाकाे पुर्ण रुपमा सहयाेग रहने बताएका छन् । कार्यक्रममा लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ता लगायतले बाेलेका थिए थियाे ।