रिहार मेलामा चहलपहल शुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस २२ । मन्दिर वरपरका रहेको फोहरको डंगुर हटाइएको छ । विभिन्न मन्दिरका प्राङ्गणमा रहेको फोहरका खोस्टा, सुर्तीजन्य पदार्थका गुटकाका खोलहरू, मिनरलवाटरका बोतलहरू हातले विनेर झाडु लगाई मन्दिर परिसरलाई चिटिक्क सिङगारीएको छ । मंगलवा बगार बाबा धार्मिक विकास क्षेत्रमा एउटा छुट्टै रौनक छाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघे संक्रान्ति अर्थात प्रत्येक वर्ष माघ १ गते लाग्ने रिहार मेलाको अवसरमा बगार बाबा धार्मिक विकास क्षेत्र परिसर भित्र सरसफाइ पश्चात् मन्दिरको छुट्टै रौनक देखिएको हो । मंगलबार कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड रिहारले बगार बाबा धार्मिक विकास क्षेत्र रिहारमा सरसफाइ गरेको छ । संस्थाका अध्यक्ष देविमाया थापाको अध्यक्षतामा बगार बाबा धार्मिक विकास क्षेत्र रिहारको मन्दिर परिसर वरपर सरसफाइ गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही अवसरमा तप्तकुण्ड, सुर्य कुण्ड, शिव मन्दिर, लगायत अन्य विभिन्न मन्दिर र मन्दिरको प्राङ्गणको सरसफाइ गरिएको संस्थाका अध्यक्ष देविमाया थापाले जानकारी दिनुभयो । नेपाल सरकारको एक सय गन्तव्य क्षेत्रभित्र परेको बगार बाबा धार्मिक विकास क्षेत्रमा माघेँसंक्रान्ति अर्थात माघ १ गते प्रत्येक वर्ष रिहारमा मेला लाग्ने गर्दछ ।

साथै रिहार मेलामा भारतीय तिर्थालुहरूको निकै घुइँचो लाग्ने गर्दछ । साथै रिहार मेला व्यवस्थित बनाउनको निम्ति पार्किङको व्यवस्था, निशुल्क शौचालय व्यवस्था गरिएको मेला ठेक्का लिएका खिमबहादुर पुनले जानकारी दिनुभयो । रिहार मेलामा भारतीय तिर्थालुहरु आउन थालेपछि चहलपहल बढ्न थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *