बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ तयारी तिव्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस १६ । दाङमा पहिलो पटक हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तिव्र रुपमा भैरहेको आयोजकले बताएको छ । पहल नेपालको आयोजना, नेपाल फिल्म एवं सांस्कृतिक एकेडेमी काठमाण्डौ, नेपाल ईण्डिपेण्डेट फिल्म मेकर्स सोसाईटी, काठमाण्डौ र उदाहरण समूह, नेपालको सहआयोजनामा हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तिव्र रुपमा भैरहेको हो ।


नेपाल चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माण र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका ब्यक्तिहरु सहभागी हुने महोत्सवमा महत्वपुर्ण चलचित्रहरुको प्रर्दशन, अन्र्तक्रिया, फोटो प्रर्दशनी तथा प्रतियोगिता र भ्रमण तथा अवलोकन कार्यक्रम रहेको आयोजक पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पीडितले महोत्सवमा उद्घाटन, सम्मान, सांस्कृतिक प्रस्तुती, बड्का नाँच, वृत्तचित्रको प्रर्दशन हुने जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


महोत्सवमा चलचित्र नीति र नेपाली चलचित्रको अवस्थाको बारेमा अन्र्तक्रिया हुने छ भने दाङको बहुआयामिक परिचयका लागि संस्कृतविद् डा. गोविन्द आचार्यको बृहत प्रस्तुती रहने अध्यक्ष केएल पीडितले बताउनुभयो । महोत्सव अवधीमा बड्का नाँच, दशगजा, कथा ०७२, मैना, नुफामुङ, जन्मुभमी चलचित्रहरुको विशेष प्रर्दशनी हुने छ ।

साथै नेपाल पत्रकार महासंघको संयोजनमा फोटो प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको छ । त्यसको संयोजक महासंघका सचिव भुपेन्द्र वली रहनु भएको छ भने प्रतियोगिताको निर्णायकमा रोशनमान श्रेष्ठ, कुलदिप न्यौपाने र लिला शाह रहनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा नेपाल चलचित्र बोर्डका कार्यवाहक अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, अभिनेता अर्जुन श्रेष्ठ, नवल खड्का, चलचित्र निर्देशक समाजका पुर्वअध्यक्ष केपी पाठक, विमल पौडेल, निर्देशक नवीन सुब्बा, प्रितम गुरुङ, आकाश पौडेल, लेखक, निर्देशक तथा प्रशिक्षक अनुप सुबेदी, निर्माता रोहित अधिकारी, चलचित्र निर्माता संघका महासचिव रोज राणा, अभिनेता विनोद श्रेष्ठ, ओम प्रतिक, आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, संगितकार विकास चौधरी, लेखक तथा विश्लेषक यादव देवकोटा आउनु हुने अध्यक्ष पीडितले जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघ दाङ शाखाको प्रवद्र्धनमा महोत्सव हुन थालेको हो । अध्यक्ष के एल पीडितको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रियासनले चलचित्र महोत्सव सिंगो दङ्गालीको लागि महत्वपुर्ण रहेको भन्दै यसलाई सफल बनाउन सबैको सहयोग आवस्यक रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक समितिका सदस्य छविलाल कोपिलाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहआयोजक उदाहरण समूह, नेपालका अभियान्ता नवीन अभिलाषीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *