दबावमा परेर मुद्धा नचलाउनुस : महान्यायधिवक्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दीपक जीएम

दाङ, पुस १६ । महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले कसैको दवावमा परेर चलाउनुपर्ने मुद्धा नचलाउने र नचलाउनुपर्ने मुक्त चलाउने परिपार्टीको अन्त्य गर्न निर्देशन दिनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालयको नयाँ कार्यालय भवनको शिलान्यास गर्दै महान्यायधिवक्ता खरेलले कानुनको नजरमा कोही पनि ठुलो र सानो नभएको चर्चा गर्दै कोही कसैको दवावमा परेर मुद्धा चलाउने र नचलाउने प्रवृत्तिको अन्त्य गर्न उहाँले आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


अहिले कानुनलाई आधुनिक, प्रविधि मैत्री र विधि तथा शास्त्रमैत्री बनाउनका लागि १ सय ६५ वर्ष पुरानो कानुनलाई विस्थावित गर्दै नयाँ संहिताको सुरुवात गरिएको बताउनुभयो । प्रहरीले प्रमाण जुटाउन भन्दा पनि अभियुक्तलाई समाउन बढि ध्यान दिएको भन्दै खरेलले साना र गम्भीर अपराधका मुद्धा बाहेक अन्य साना मुद्धाहरुमा पक्राउ गर्ने विषयलाई खासै ध्यान नदिन उहाँले आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘अभियुक्त भाग्ने अवस्था छैन भने, प्रमाण नष्ट हुने अवस्था छैन भने र गम्भिर अपराधको विषय हैन भने बाहिरबाटै अनुसन्धान गर्दा हुन्छ ।’ खरेलले भन्नुभयो, ‘मान्छेलाई कति दिन सम्म साङ्लोले बाँधेर राख्न सकिन्छ र ?’ सरकारी वकिलको कार्यालय पीडितहरुको अड्डा रहेको भन्दै नयाँ भवन, नयाँ कार्यालयबाट सेवा सुविधाहरु पनि परिष्कृत हुँदै जानुपर्ने उहाँको भनाई रहेको थियो ।


कार्यक्रममा सांसद गंगा चौधरी, प्रदेश नं. पाँचका मुख्यन्यायधिवक्ता ठाकुरप्रसाद डिसी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस रितेन्द्र थापा र बारका अध्यक्ष प्रदिपकुमार गौतमले आफ्नो भनाई राख्नु भएको थियो । २६ कोठाको साडे तीन तले भवन दुई वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

३ करोड ९६ लाख ६२ हजार २ सय १२ रुपैँयाको सम्झौता लागतमा खड्का कृष्ण, तिरुपात र बंगलामुखी जेभिले निर्माण गर्दैछ । सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तगत निर्माण हुन थालेको भवनको डिजाईन ए–नट आर्किटेक्चर एन आर्किटेक्ट्स र वास्तु शिल्प एसोसियट ललितपुरले गरेको जिल्ला न्यायधिवक्ता सुशिल देवकोटाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *