शरण कपमा राप्ती,फुर्सेखाली र मेघाको शानदार जित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१६ पौष | शरण सम्झना कपमा राप्ती क्लब,मेघा युवा क्लब र फुर्सेखाली विजयी भएका छन । घोराहीको नवलपुरमा भईरहेको शरण सम्झना स्मृति रनिङ फुटबल प्रतियोगिताले उत्साह थपेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित नवलपुर खेल मैदानमा जारी शरण सम्झना कप रनि शिल्ड प्रतियोगिता अन्तर्गत बुधबार पनि ३ वटा खेल सम्पन्न भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुधबार भएको खेलमा आयोजक राप्ती क्लव, मेघा क्लव र फुर्सेखाली क्लव विजयी भएका छन् । यही पुस १२ गतेबाट शुरू भएकाे प्रतियोगितामा बुधबार बिहान किसान जागृति र आयोजक राप्ती क्लव बीच भएको खेलमा किसान जागृतलाई राप्ती क्लवले ४-१ गोलले पराजित गरेको थियाे । किसान जागृतका जर्सी न. ९ का खेलाडी प्रयास चौधरीले १ गोल गरेका थिए भने राप्ती क्लबका जर्सी न. १४ का खेलाडी जीवन पुनले १ गोल,जर्सी न. का खेलाडी सुभाष थारुले १ गोल र जर्सी न. १० का खेलाडी मीन बहादुर पुनले २ गोल गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, दिउँसो १ बजे भएको खेलमा एसएसएफए क्लवलाई मेघा क्लवले ६-० गाेल अन्तरले पराजित गरेकाे छ । मेघाका जर्सी न. १६ का सुदन जीएम,जर्सी न. १४ का धीरज चौधरी,जर्सी न. ११ का कमल बिक,जर्सी न. १२ का अनमोल डांगी र जर्सी न. १० का अमोल डांगीले १-१ गोल गरेका थिए । त्यसैगरी बेलका भएको फुर्सेखाली र युएनविसी बीच भएको खेलमा फुर्सेखाली २-१ विजयी भएको छ । फुर्सेखालीका जर्सी न. ६ का आशिक पुनले २ गोल गरेका थिए भने युएनबिसीका जर्सी न ११ का खेलाडी सागर चौधरीले १ गोल गरेका हुन।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ । लिग चरणमा भई रहेको खेलमा जिल्ला भरका १५ वटा क्लवको सहभागीता रहेको आयोजक फोर्थ अफिसियलका दीपक पुनले जानकारी दिनुभयो । पुस २६ गते फाईनल खेल हुने प्रतियोगितामा बिहीबार पनि लिग चरण अन्तर्गत ३ खेल हुने भएका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि बिहीबार बिहान चौघेरा युवा क्लब भर्सेज हापुर युवा क्लब, दिउँस किसान जागृत युवा क्लब भर्सेज एस एस एफ ए र बेलका रतनपुर ११ र नवलपुर युवा क्लब भिड्ने छन। प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद २५ हजार ५ सय २५ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र क्लवलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *