सम्झना कपमा युएनबिसी र सक्सेस विजयी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस १५ । घोराहीको नवलपुरमा भईरहेको शरण सम्झना स्मृति रनिङ फुटबल प्रतियोगितामा युएनबिसी र सक्सेस बिजयी भएका छन् । मंगलवार बिहान भएको खेलमा युएनबिसीले नवलपुर युवा क्लबलाई २–१ पराजित गरेको छ । खेलको शुरुवाती चरणमा १९ ओ मिनटमा युएनबिसीका जर्सी नं. १२ का खेलाडीले १ गोल र पहिलो हाफ पश्चात युएनबिसीका जर्सी नं. ११ का खेलाडी सागर चौधरीले १ गोल गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि नवलपुर क्लबका जर्सी नं. ३ का खेलाडी नबिन गुरुङले १ गोल गरेका थिए । दिउँसो भएको खेलमा सक्सेस् स्पोर्टसले बुद्ध स्पोर्टसलाई १–० ले पराजित गरेको छ । सक्सेस स्पोर्टसका जर्सी न. ९ का खेलाडी गणेश नेपाली (अर्जुन) ले १ गोल गरेका थिए । त्यसैगरी साँझ भएको बबई एफसी र अटल युवा क्लब ३–३ गोल गरी खेल ड्र भएको थियो । बबई एफसीका जर्सी न.९ का खेलाडी सुमित केसीले १ गोल, जर्सी न. १७ का खेलाडी सन्दिप बुढाले १ गोल र जर्सी न.११ का खेलाडी सुमित बिकले १ गोल गेरका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी अटल युवा क्लबका जर्सी न. १० का खेलाडी उमेश शाहले १ गोल, जर्सी न.२२ का खेलाडी सन्तोष विष्टले १ गोल र जर्सी न.७ का खेलाडी समिन पुनले १ गोल गरेका हुन् । शरण कप प्रतियोगिताको पहिलो चरणको खेलमा विजेता भएका डी ग्रुपका बडहरा युवा क्लब र सक्सेस स्पोर्टस क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ । नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको लिग कम नक आउटको पहिलो चरणको खेलमा १५ वटा टिम रहेका छन भने दोश्रो चरणको खेलमा ८ वटा टिम मात्र प्रतिश्पर्धा गर्ने छन । साथै ७ वटा टिम खेलबाट बाहिरिने छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि बुधबार बिहान किसान जागृत युवा क्लब भर्सेज राप्ती क्लब, दिउँसो मेघा युवा क्लब भर्सेज एस एस एफ ए र बेलका फुर्सेखाली र युएनविसी बिच प्रतिस्पर्धा हुनेछ । शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *