कर्मचारी अभावले समयमै योजना सम्पन्न हुन सकेन

दाङ, पुस १६ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा आवश्यकता अनुसार जनशक्ति नहुँदा न्यून जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा खानेपानीका साना तथा ठूला गरी एक सय बढी योजना सञ्चालनमा रहे पनि त्यसअनुसारको प्राविधिक जनशक्ति नहुँदा काम गर्न समस्या पर्ने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जनशक्ति अभावमा अधिकांश योजना तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । जिल्लामा सशर्त अनुदानअन्तर्गत संघीय सरकारका ८२ र प्रदेश सरकारका ४६ वटा खानेपानी योजना सञ्चालनमा छन् । संघ र प्रदेशका गरेर जिल्लामा एक सय २८ वडा खानेपानीका आयोजना सञ्चालनमा रहे पनि त्यसअनुसारको जनशक्ति छैन । कार्यालयमा २१ जना कर्मचारीको दरबन्दी भए पनि अहिले कार्यालयमा १४–१५ जना कर्मचारीमात्र कार्यरत छन । जसमा नौजना कर्मचारी प्राविधिक जनशक्ति रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलले बताए । जसमा ६ जना प्रशासनतर्फका छन् ।

आगामी तीन वर्षभित्र प्रदेश सरकारले ५ नं। प्रदेशका सबै नागरिकका घर–घरमा खानेपानीको धारा र शौचालय पु(याउने लक्ष्य राखेको छ । त्यही अनुसार दाङमा गत वर्षदेखि खानेपानीमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । जसअनुसार अहिले प्रदेशका ४६ वटा योजनामध्ये अधिकांश ठेक्कामार्पmत कार्यान्वयनमा गएका छन् भने ६४ वटा योजनाको यो वर्ष सर्वे हुँदैछ । साना योजनाका काम उपभोक्ताबाट हुँदैछन् ।
योजना कार्यान्वयनका लागि प्राविधिक जनशक्तिको मुख्य भूमिका रहे पनि जिल्लामा प्राविधिक जनशक्तिको अभाव छ । “अहिले जिल्लामा संघ र प्रदेशका साना तथा ठूला गरेर १ सय २८ वटा योजना रहेका छन, बाँकी ६४ वटा योजनाको यही वर्ष सर्भे गर्नुपर्ने छ,” कार्यालय प्रमुख पोख्रेलले भने, “तर योजनाअनुसारको जनशक्ति छैन ।” योजना कार्यान्वयनका लागि प्राविधिक जनशक्तिको आवश्यकता रहे पनि जिल्लामा धेरै अपुग भएको बताए । खानेपानीका लागि कतिपय ठाउँमा ओभरहेड ट्यांकी निर्माण, डिपबोरिङ खन्ने, ट्यांकी निर्माण, पाइप विस्तारलगायतका भौतिक पूर्वाधारका कामहरू गर्नुपर्ने कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“जिल्लामा खानेपानीका योजना धेरै छन, कर्मचारी छैनन्, जसले गर्दा काम गर्न समस्या परेको छ,” कार्यालय प्रमुख पोख्रेलले भने, “कर्मचारी व्यवस्थापनका लागि पटक–पटक केन्द्रमा अनुरोध गर्दा समेत पठाएको छैन ।” पहिले संघीय संरचनामा रहेको यो कार्यालय अहिले प्रदेश मातहतमा गाभिएको छ । तर प्रदेश सरकारले कर्मचारी पठाउने सवालमा अर्थपूर्ण अभ्यास थालेको छैन । कार्यालयमा आवश्यकता अनुसार जनशक्ति नहुँदा काम गर्न भ्याइनभ्याई रहेको पोख्रेलले बताए । कर्मचारी थोरै हुँदा जिल्लामा सञ्चालन भएका योजनाको प्राविधिक कामसमेत हेर्न नसकिने अवस्था रहेको उनी बताउँछन । कार्यालय प्रमुख पोखेलका अनुसार एक त कम जनशक्ति त्यसैमा पूर्वी रुकुमसमेत हेर्ने भएपछि थप समस्या भएको छ । “हाम्रो कार्यालयको कार्यक्षेत्र पूर्वी रुकुम र दाङ हो, जनशक्ति दाङकै लागि अपुग छ,” कार्यालय प्रमुख पोख्रेलले भने, “हामीलाई दाङकै योजना हेर्न भ्याइनभ्याई छ, रुकुम त जानै सकेका छैनौ ।”

कार्यालय प्रमुख पोख्रेलका अनुसार कार्यालयमा एकजना डिभिजन प्रमुख, चारजना इन्जिनियर र चारजना टेक्निसियन गरी नौ जनामात्र प्राविधिक जनशक्ति छन् । बाँकी प्रशासनतर्फका कार्मचारी छन् । दाङमा खानेपानी योजनाका लागि संघीय सरकारले करिब १४ करोड र प्रदेश सरकारले २९ करोड गरी ४३ करोड बढी रकम खानेपानीमा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *