दाङको बाह्रकुने दहमा पर्यटन बर्षको भोली उद्घाटन गरिदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ पुस | दाङको बाह्रकुने दहमा पर्यटन बर्ष २०२० उद्घाटन हुने भएको छ । संघीय सरकारको कार्यक्रम अनुसार दाङको घोराहीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुने दहमा कार्यक्रमको उद्घाटन हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला समन्वय समिति अन्तर्गत गठन गरिएको जिल्ला पर्यटन प्रबद्र्धन समितिको आयोजनामा कार्यक्रम हुने भएको हो । कार्यक्रमको प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले गर्ने कार्यक्रम तय भएको छ ।

भोलीदेखि सुरु हुने भ्रमण बर्ष भब्य समारोहका बीच बिदेशी पाहुना सहित उद्घाटन गर्न लागिएको छ । संघ, प्रदेश र जिल्ला एवं स्थानीय सरकारले भोलीदेखि पर्यटनसंग सम्बन्ध राख्ने गरी कार्यक्रम गर्ने तयारी गरीरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला समन्वय समितिले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उद्घाटन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । ‘पर्यटनको बिकास हाम्रो चाहना, दाङको समृद्धि हाम्रो कामना’ भन्ने नारा तय गरी जिल्लाभरी कार्यक्रम गर्ने लक्ष्य रहेको संयोजक जितेन्द्रमान नेपालीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्न प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्यको सहभागीता रहने जनाइएको छ । उद्घाटन कार्यक्रममा स्थानीय तहबाट झाँकी जुलुशसहित आठ हजारको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा मगर समुदायको भुम्या, मँयुर नाच, पैसेरू, दलित समुदायको पञ्चेबाजा, नेवार समुदायको पञ्चकन्यासहितको ¥याली, माबि चौघेराको स्तुतिसहितको ¥याली, थारू समुदायको मघौटा नाच, छोक्रा नाच, देउखुरी गढवाको अवधि नाच पनि प्रदर्शनी गरिने जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *