दाङ, पुस १४ । घोराहीमा भईरहेको दोस्रो शरण सम्झना स्मृति रनिङ फुटबल प्रतियोगीताले उत्साह थपिदै गएको छ । राप्ती क्लबको आयोजनामा पुस १२ गतेदेखी पुष २६ गतेसम्म हुने दोश्रो रामशरण सम्झना कप यतिबेला घोराहीको नवलपुरमा भईरहेको छ ।
सोमबार बिहान् भएको बडहरा युथ क्लब र बुद्ध स्पोर्टस बिच खेलमा बडहराले बुद्धलाई ३–१ ले पराजित गरेको छ । शुरुवाती खेलमा बुद्ध स्पोर्टसका जर्सी न ७ का खेलाडी भिम बुढामगरले एक गोल गरेका थिए भने खेलको पहिलो हाफ पश्चात बडहरा युथ क्लबका जर्सी न ११ का खेलाडी मनोज रोकाले १, जर्सी न ९९ का खेलाडी जीबन रोकाले १ र जर्सी नं. ८ का खेलाडी बिक्रम घर्तीले १ गोल गरेका हुन ।
त्यसैगरी दिउस भएको खेलमा हापुर युथ क्लबले अटल युवा क्लबलाई २–० ले पराजित गरेको थियो भने बेलका भएको खेलमा राप्ती क्लब र एस एस एफ ए बिच भएको खेल ०–० ले ड्र भएको थियो । त्यसैगरि मंगलबार बिहान हुने खेलमा युएनबिसी भर्सेज नवलपुर युवा क्लब, दिउस हुने खेलमा बुद्ध स्पोर्टस भर्सेज सक्सेस स्पोर्टस र बेलका हुने खेलमा बबई युवा क्लब र अटल युवा क्लब भिडने छन ।
नवलपुरमा भईरहेको शरण कप फूटबल प्रतियोगिताको लिग कम नक आउटको पहिलो चरणको खेलमा १५ वटा टिम रहेका छन भने दोश्रो चरणको खेलमा ८ वटा टिम मात्र प्रतिश्पर्धा गर्ने छन । साथै ७ वटा टिम खेलबाट बाहिरिने छन ।
त्यसैगरी सोमबार दिउँसो अटल युवा क्लब भर्सेज हापुर युव क्लब र बेलका एस् एस् एफ ए र राप्ती क्लबका बिच प्रतिस्पर्धा हुनेछ । शरण कप फूटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई नगद रु ५० हजार ५ सय ५५ र प्रमाण पत्र तथा मेडल रहेको छ भने द्धितिय हुने क्लबलाई नगद रु २५ हजार ५ सय २५ र प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।