बुद्धिचाल संघको अध्यक्षमा पुनः थापा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पुस १४ । नेपाल बुद्धिचाल संघ दाङको तेस्रो अधिवेशनबाट पुनः दिनेश थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अधिवेशनले संघको उपाध्यक्षमा दिपु कुमार केसी, सचिवमा अनिल राज सेर्पाली, सहसचिवमा दिपक केसी, कोषाध्यक्षमा साहारा जिएम, सदस्यहरुमा लक्ष्मण शर्मा, खिमबहादुर बैजाली, घनश्याम पुन, हिमाल रसाइली, लेलिन बञ्जाडे र धनु परियार रहनु भएको छ ।


यसैगरी अधिवेशनले जिल्लाको दश वटै पालिकाको संयोजक चयन गरेको छ । जसमा गढवामा ललित कुमाल, राप्तीमा माधव भुसाल, राजपपुरमा गोपाल पुन, लमहीमा लेलिन बञ्जाडे, बंगलाचुलीमा खिमबहादुर बैजाली, घोराहीमा हिमाल रसाइली, तुलसीपुरमा घनश्याम पुन, दंगिसरणमा राजन ओली, शान्तिनगरमा चुर्ण वली, बबईमा प्रेम केसी रहनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी नयाँ कार्यसमितिको सोमबार सम्पन्न वैठकले सरोज पन्थ, मधुसुदन अधिकारी, माधव बिसी, ठाकुर प्रसाद डाँगी, सविन प्रियासन, नवराज श्रेष्ठ र कुशल बुढालाई सल्लाहकारमा चयन गरेको छ । यसैगरी सरोज पन्थ, दिनेश थापा र सागर जिएमलाई भेलाले प्रदेश नम्वर ५ मा सहभागि हुनका लागि प्रतिनिधिकारुपमा चयन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघका जिल्ला अध्यक्ष दिनेश थापाको अध्यक्षत्ता, केन्द्रिय महासचिव हिराकाजी महर्जनको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रयासनको विशिष्ठ आतिथ्यतामा कार्यक्रमको उद्घान शत्र सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *