शैक्षिक संस्थामा विदा

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, १४ पुस | तुलसीपुर उपमहानगरपालिकाले मंगलबार  केही वडा विद्यालयमा सार्वजनिक विदा दिएको छ । गुरुङ जातिको तमू ल्होसारको अवसरमा गुरुङ समुदायको बाहुल्यता रहेको स्थानका शैक्षिक संस्थालाई सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाका वडा नम्बर १, ३, ४, ५ , ६ र ८ मा शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको हो । ती वडाहरूमा गुरुङ जातिको बाहुल्यता रहेकाले तुलसीपुर उपमहानगर शिक्षा समितिले शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको सूचना अधिकारी झरेन्द्र खरेलले बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले पनि निजी तथा सरकारी विद्यालयलाई विदा दिएइको जनाएको छ । शिक्षा समितिले ६ वटा वडामा मात्र दिएको भएता पनि ल्होसारको अवसरमा वडा नम्बर ९ मा मेला लाग्ने भएकाले वडा कार्य समितिको बैठकले मंगलबार (आज) बिदा दिने निर्णय गरेको वडा अध्यक्ष घनश्याम ढकालले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *