त्रिसिद्धेश्वरी राप्तीका गाडी भारत जान नपाउने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ पुस | त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले रुटपरमिट बिनै भारतमा गाडी चलाएको पाइएको छ । प्रालिले टुरिष्टको अधिकार मात्र ल्याएर गाडी चलाउने गरेको पाइएको हो । प्रालिले नियम विपरित गाडी चलाएको भन्दै नेपालगञ्जका यातायात र होटल व्यवसायीले बिरोध जनाएपछि घटना बाहिर आएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रालिका गाडी अब भारत जान नपाउने भएका छन् । भारतमा गाडी चलाउन पाउनेपर्ने भन्दै उच्च अदालत तुलसीपुरमा दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी नगरेपछि अब त्रिसिद्धेश्वरीका गाडी भारत जान नपाउने भएका हुन् । प्रालिले लामो समयदेखि दाङदेखि दिल्ली र दाङदेखि सिमलामा गाडी चलाउँदै आएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *