मानसिक सन्तुलन गुमाएका तथा बेसहाराहरूलाई साहारा दिदै विहानी सहकारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ, १४ पुस । केहि वर्ष अगाडि देखि तामझामका साथ हजारौं रकम खर्च गरी वार्षिकोत्सब मनाउदै अाएको दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था लि. ले यस वर्ष भने आफ्नो वार्षिकोत्सब फरक तरिकाले मनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाले  राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका मानसिक सन्तुलन गुमाएका तथा बेसहाराहरूलाई साहारा २५ हजार बराबरको ३१ थान उनको न्यानो टोपी, १५ वटा प्लास्टिकको कुर्सी,१ थान स्टिल दराज र खाजा खुवाउनुका साथै सम्मान गरेर आफ्नो ११ अाैँ वार्षिकोत्सब मनाएको छ । संस्थाका अध्यक्ष देवप्रसाद चाैधरीकाे अध्यक्षता एवंम् ५ नम्बर वडा अध्यक्ष गाेवर्धन रावतकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

निलसागर सेवा आश्रम दाङका संयाेजक प्रकाश विष्ट, संरक्षक छविलाल भैयामगर, मन्जु विष्ट,संस्थाका सल्लाहकारहरु, लेखा तथा सुपरिवेक्षण समिति , विभिन्न उप समिति तथा संचालक समितिका पदाधिकारीहरुकाे सहभागिता रहेको थियोे । हाल आश्रममा जिल्लाकाे भालुवाङ देखि तुल्सीपुर सम्मका ३२ जना सडक अाश्रितहरुकाे उद्दार गरि राखेको छ ।

यसै बिच शान्ति महिला समूहले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र दाङलाई खाद्यन्न सहयोग गरेको छ । राप्ती गाउँपालिका १ भालुबाङका महिला समुहका अध्यक्ष गोमाया केसी, अन्जु बिष्ट,दिपा केसी लगायत सम्पूर्ण सदस्यहरुवाट बेसहारा ,अशहाय तथा अशक्तहरुका लागि दाल, चामल, बिस्कुट, फलफूल, चिनी, चियापत्ति इत्यादि प्रदान गरी सहयोग गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता निलसागरले सो सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगी मनहरुलाई धन्यवाद दिएकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *