पर्यटन वर्ष २०२० को तयारी तुलसीपुरमा तीब्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ११ पुस | भ्रमण वर्ष सन् २०२० लाई लक्षित गदै तुलसीपुर उपमहानगरपालिकामा वर्ष भरी विभिन्न कार्यक्रम तथा महोत्सव सन्चालन हुने भएको छ । उपमहानगरपालिका भित्र रहेका पर्यटन क्षेत्र, धार्मिक स्थल, सांस्कृतिक सम्पदा, प्राचिन कला,धर्म तथा संकृति, मठमन्दिर, साहित्यीक, नेपाली चाडपर्व, खान महोत्सव र धर्म संग जोडिएका विभिन्न चाड पर्वलाई पनि पर्यटन वर्ष संगै जोडेर कार्यक्रम तथा महोत्सवको आयोजना गरिने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगर प्रमुख तथा तुलसीपुर उपमहानगर पर्यटन प्रर्वद्धन समितिका संयोजक घनश्याम पाण्डेले सवै विषय बस्तुलाई समेटेर पर्यटन बर्षलाई भव्य रुपमा सफल बनाउने बताउनुभयो ।

आगामी पौष १६ गते अर्थात जनवरी १ तारिखका दिन तुलसीपुर ७ मा रहेको राप्ती शान्ती उद्यान पार्कमा उद्घाटन गरिने भएको छ । उद्घाटन हुनु अघि तुलसीपुर बजार क्षेत्रमा रहेको त्रिशिद्धेश्वरी मन्दिरबाट पार्क सम्म झाँकी जुलुस सहितको बृहत ¥यालीको आयोजना गरिने भएको छ । भ्रमण वर्ष उद्घाटन गर्न पाँच नम्वर प्रदेशका सभामुख पुर्ण बहादुर घर्ति दाङ आउने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भ्रमण वर्ष २०२० को तयारी समितिका संयोजक रुप बहादुर खत्रीले आगामी जवनरी १ तारिख देखी डिसेम्वर ३० तारिख सम्म सञ्चालन गरिने वार्षिक कार्ययोजना रहेको बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुर क्षेत्रको दक्षिण तर्फ दमारगाउँ भज्याङ लेक, पश्चिमको बागरखोला र भमकेखोला, उत्तरमा सल्यान संग जोडिएको चोरखोला र पुर्व तर्फमा हापुर खोलामा घुम्न जाउँ तुलसीपुर कार्यक्रमको सन्देश सहित प्रवेशद्धारा निर्माण गरिने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *