घोराहीमा भोलीदेखी दोस्रो शरण सम्झना कप हुदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस, ११ । दाङको घोराहीमा भोली पुस १२ गतेदेखि दोस्रो शरण सम्झना रनिङ शिल्ड फुटबल प्रतियोगीता सुरु हुने भएको छ । राप्ती क्लबको आयोजनामा दोस्रो शरण सम्झना स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगीता हुन लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वर्गीय रामशरण थापाका छोरा श्रीशरण थापाको सहयोगमा गतबर्षदेखि रनिङ शिल्ड फुटबल प्रतियोगीता हुन लागेको हो । १५ वटा क्लबको सहभागीता रहेको प्रतियेगीता लिग नकआउट चरणमा हुने अध्यक्ष बसन्त पुरीले जानकारी दिनुभएको छ ।

गतबर्ष सम्पन्न भएको पहिलो प्रतियोगीतामा घोराही १३ मा रहेको बडहरा क्लबले शिल्ड र नगद पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगीता अन्तर्गत पुस १२ गते हुने उद्घाटन खेल घोराहीको बडहरा युबा क्लब र तुलसीपुरको सक्सेसबीच हुने अध्यक्ष पुरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही १८ मा रहेको नवलपुर फुटबल मैदानमा हुने प्रतियोगीता उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष पुरीले सबैमा आग्रह गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *