राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं. पाँचको मतदानस्थल घोराहीमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस, ११ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन सहित अन्य ६ स्थानमा मतदान स्थल तोकेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, कर्णालीको सुर्खेत जिल्ला निर्वाचन कार्यालय र सुदूरपश्चिमको डोटी जिल्लाको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन् । प्रदेश २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना, प्रदेश ३ मा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना, प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । कर्णालीमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना र सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।

यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १,५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *