दाङको सडक सुरक्षाको अध्ययन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ८ । सवारी दुर्घटना बढ्दै गएका कारण सबै चिन्तीत भैरहको बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सडक डिभिजन कार्यालयको बिज्ञ टोलीले दाङका मुख्य सडकहरुको अबस्थाका बारेमा अध्ययन गरेको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मी, सडक डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर लिलाबहादुर भण्डारी, इन्जिनियर क्षितिज पोख्रेल, प्रहरी हवल्दार टेकबहादुर कुसारी सहितको टोलीले जिल्लाका मुख्य सडकहरुको अबस्था अध्ययन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही लमही हुदै धानखोला, त्यसपछि प्युठान सडक, पूर्वपश्चिम राजमार्गको भालुबाङ देखी अमेलिया, अमेलिया देखी तुलसीपुर हुदै राम्री र तुलसीपुर देखी घोराही सम्मको सडकको अबस्थाका बारेमा अध्ययन भएको छ । विज्ञ टोलीले ५० ठाउँमा ऐना राख्ने, ३० स्थानमा ट्राफिक नियमको सचेतना बोर्ड राख्ने, सडकमा रातको बेला टल्कीने बस्तु राख्ने, विद्यालय र बजार क्षेत्रमा गति नियन्त्रण गर्न ब्रेकर राख्ने, बजार क्षेत्रमा जेब्रा क्रम, सहित सडकको दुबै तिर लाईन कोर्नु पर्ने अबस्था देखिएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यस अघि सोमबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सडकका इन्जिनियर लिला भण्डारी, ट्राफिक प्रमुख रेग्मी सहितको बैठक बसेर आबस्यक सुधारका लागि मिलेर दुर्घटना रोक्ने गरी काम गर्ने निर्णय भएको थियो । दुर्घटना हुदै नदिनका लागि गर्न सकिने सबै प्रयासहरु कार्यान्वयनमा ल्याउन सबै मिलेर लाग्ने गरी काम गर्न नगर प्रमुख चौधरीले आग्रह गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *