पद्योदय क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत (फोटो फिचर )

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ८ । पद्योदय क्याम्पस घोराही दाङमा बीबीएस र बीएस्सी पहिलो बर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । पद्योदय क्याम्पस तथा पद्योदय क्याम्पस शिक्षक–विद्यार्थी समन्वय समितिको आयोजनामा नवआगन्तुक विद्यार्थीहरुको स्वागत गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पद्योदय क्याम्पस शिक्षक–विद्यार्थी समन्वय समितिका अध्यक्ष नन्दकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष बमबहादुर डिसीले क्याम्पसको केही समयपछि आफ्नै भवन बन्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अधिकारीले पद्योदय विज्ञान पढाइ हुने प्रदेश ५ कै एक मात्र सामुदायिक क्याम्पस भएकाले यसलाई नमूना लैजाने बताउनुभयो । क्याम्पस प्रमुख निश्चल आचार्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा विएस्सीका छात्राका लागि छात्रावृत्तिको ब्यवस्था भएको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा संस्थापक प्रमुख गोविन्दप्रसाद न्यौपाने, पद्योदय पब्लिक नमूना माविका प्रअ रामप्रसाद जैशी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सदस्य नवीन अभिलाषी, विद्यार्थीहरु बीबीएसबाट बिष्णु गोराथोकी र बीएस्सीबाट भावना न्यौपाने बोल्नुभएको थियो । विद्यार्थी प्रकाश पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन प्रतिक गोराथोकी र आशा ओलीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *