परिचयात्मक कार्यशाला तालिम समापन, नगर प्रमुखद्धारा अनाबरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस ८ | सत्य साइ मानव अभ्युदय शिक्षा, परिचयात्मक कार्यशाला दुइदिने तालिमको एक कार्यक्रमका विच लमहीमा समापन गरिएको छ । सत्य साई केन्द्र लमहीको आयोजना एवं सत्य साई शिक्षा प्रतिष्ठानको नेपलाको सहयोगमा संचालन गरिएको उक्त दुइदिने तालिमको समापन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका अन्र्तगत रहेका सम्पूर्ण शिक्षकहरू तालिम दिइ विद्यार्थीलाइ नैतिक शिक्षा प्रदान गराई असलको समाज निर्माण गर्ने तालिमको मुख्य उद्देश्य रहेको सत्य साई केन्द्र लमहीका संस्थापक अध्यक्ष अाेमानन्द पाैडेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, अहिलेसम्म सत्य साइ केन्द्र लमहीले यस्तो तालिम तीन पटक आयोजना गरेको छ, जसमध्य तेस्रो तालिममा देउखुरी क्षेत्रका एक सय नब्बे जना शिक्षकहरुको सहभागी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षक कक्षा कोठामा प्रवेश गरिसकेपछि हसिँलो भएर प्रवेश गर्नेपर्ने रहेको वुद्व ज्योति मा.वि गढवाका कम्पियुटर अपरेटर आ.र.के यादवले विचार व्यक्त गर्नुभयो । यादवले भन्नुभयो,–। दुई दिन तालिमममा सहभागी भैयो । दुइदिने तालिमबाट पाएको शिक्षा विद्यार्थीलाइ दिने उत्कृष्ट शिक्षा हुन्छ, किन भने यो तालिमबाट विद्यार्थीलाइ शिक्षा दिने नयाँ पद्धति थाहा भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले भगवान सत्य साइ बाबाको मुर्ति अनाबरण गर्नू भएको छ । शनिवार नगर प्रमुख केसीको कर कमलबाट भगवान सत्य साइ बाबाको मुर्ति अनाबरण गर्दै दिप प्रज्वलन गर्नु भएको हो । बेद पाठको साथै आरति गरेर कार्यक्रमको समापन गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *