लमहीमा औद्योगिक ग्राम

देउखुरी, पुस ७ । लमही नगरपालिकाले औद्योगिक ग्रामको लागि सम्झौता गरेको छ । प्रदेश सरकार, प्रदेश नं. प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशानलय, घरेलु तथा साना उद्योग कार्यालय घोराही, प्रथम पक्ष भनिएको र सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्रा.लि बुटवल यसपछि दास्रो पक्ष भनिएको बीच दाङको लमही नगरपालिका वडा नम्बर ७ सतवरियामा औद्योगिक ग्राम स्थापनाका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्ने कामका लागि परामर्श सेवा खरिद गर्ने सन्दर्भमा दोस्रो पक्षले पहिलोे पक्षलाई सेवा उपलब्ध गराउने मञ्जुर गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्झौता अनुसार लमही नगरपालिका वडा नं ७ मा औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको उल्नेख छ । औद्योगिक ग्राम स्थापना र विकासको लागि पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको संचालन र व्यवस्थापनमा सहयोग र सहकार्य गर्दै अघिबढ्ने तथा व्यवसायिक स्रोत, साधन र अभ्यासको विकास र उपयोगिताबाट एक अर्काको सबलता, अनुभव र स्रोतको प्रयोगबाट साझेदारी ढाँचामा संरचना बनाई सामुहिक क्रियाकलाप गर्दै सबैको हिततर्फ अग्रसर हुने उद्देश्यले सम्झौता भएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

लमही नगरपालिकामा साना तथा घरेलु उद्योग स्थापनानका लागि उचित वातावरण व्यवस्थापन गर्न वडा नम्बर ७ सतवरीयामा औद्योगिक ग्राम स्थापना गर्नको लागि सम्झौता गरिएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । लमही नगरपालिका वडा नम्बर ७ बनखुस्रीको छेवैमा रहेको दक्षिण तर्फको क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्न लागेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दोस्रो पक्षले प्रथम पक्षका लागि प्रदेश नं. ५ को दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ सा.वि.क ३क कि.नं. ३१५ को जग्गामा औद्योगिक ग्राम निर्माण गर्न विस्तृत परियोजना रिपोर्ट तयार गरी प्रतिवेदन तयार गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । दोस्रो पक्षले प्रतिवेदन व्यवस्थित र वैज्ञानिक तवरले तयार गर्नुपर्ने, तयार गरिएको विस्तृत प्रतिवेदन उपर प्रथम पक्ष र सरोकारवाला निकायहरु बाट प्राप्त निर्देशन, सल्लाह,सुझाव, राय तथा परामर्शका अधारमा संशोधन गरि प्रथम पक्षलाइ पेश गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । उक्त काम गरे वापत प्रथम पक्षले दोस्रो पक्षलाइ नियम अनुसार चौध लाख, बाह्र हजार पाँच सय रुपैँया मात्र उपलब्ध गराउने, उक्त कार्य प्रथम पक्षको कार्यालय घोराही, दाङसंग समन्वय राखि गर्नुपर्ने, सम्पादन गर्नुपर्ने कामका विषयमा कुनै दुविधा वा अस्पष्टता भएमा प्रथम पक्षसंग सम्पर्क राखि प्राप्त निर्देशन अनुसार गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यस्तै दोस्रो पक्षले तोकीएको कार्य सम्झौता भएको मितिले तिन महिना भित्र सम्पन्न गरि प्रतिवेदन पेश गर्नुपर्ने, कार्य सम्पन्न पश्चात सेवा प्रदायकले पाँच प्रति अन्तिम प्रनिवेदनको दस्ताबेजका साथै विद्युतीय प्रति समेत अनिवार्य रुपमा लमही नगपालिकामा बुझाउनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । यस बाहेक अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ एंव नियमावली २०६४ बमोजिक हुनेछ, सरोकारवालाहरुको भेला लगाएतका कामहरुको लागी लमही नगरपालिकाले सहजिकरण गर्नुपर्ने, परामर्शदाताहरुले प्रतिवेदन तयार पछि अन्तिम भुक्तानिको लागी कागजात पेश गर्दा लमही नगरपालिकाको सिफारिस सहित पेश गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । साथै जग्गाको सम्बन्धमा कुनै विवाद पर्न आएमा लमही नगरपालिकाले विवाद समाधान गर्नुपर्ने छ, सम्झौतामा उल्लेख नभएका कुराहरुको सन्दर्भमा प्रचलित कानुन स्वीकृत तथा कार्यविधि बमोजिक हुने सम्झौतामा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *