विपन्नलाई खाद्यन्न र लत्ताकपडा दिएर भण्डारी दम्पतीले मनाए वैवाहिक वर्षगाँठ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ६ । घोराही लमही सडक खण्डको सिस्ने खोलाको किनारमा हरिसरा बुढाले आइतबार विहान कसैको बाटो हेर्दै थिईन् । खोला किनारमै बनेको सानो छाप्रोको अगाडी एउटा हाईलक्स रोकियो । हरिसराले त्यो गाडी घर अगाडी रोकिएपछि उज्यालो अनुसार बनाईन् । उनलाई त्यहि गाडीको प्रतिक्षा थियो । र त्यो गाडी थियो तिरुपाते निर्माण सेवा प्रालीका संचालक तथा घोराही १६ निवासी निर्माण व्यवसायी प्रविण कुमार भण्डारीको ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रविण कुमार भण्डारी र उहाँको श्रीमती देवा भण्डारीले आफ्नो १८ औ वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सहयोग सामाग्रीहरु लिएर गएका थिए । विपन्न तथा असहाय जीवन बाँच्दै आएका हरिसरा र डम्बर बुढा घर्ति मगरको अवस्था निक्कै कमजोर देखेपछि सहयोग गर्ने भावना जागेको भण्डारीको दम्पतीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘म कामको शिलशिलामा लमही घोराही गर्ने मान्छे, सिस्ने खोलाको किनारमा वृद्ध दम्पतीहरु प्राय सधै देख्थेँ, दिनमा एउटा दुई वटा ढुंगा बोकेर घर बनाउने गरेको पाएँ ।’ निर्माण व्यवसायी भण्डारीले बताए, ‘लामो समयदेखि उहाँहरुको अवस्था देखेपछि मलाई सहयोग गर्न मन लाग्यो, सहयोग गर्न अवसर नै त नचाहिने हो, तर विवाह गरेको १८ वर्ष पुगेको सन्दर्भमा सहयोग गरेको हँु ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

विहान बेलुका छाक टार्न नसक्ने दम्पतीको लागि घरखर्चका लागि सम्पुर्ण सामानहरु पाउँदा हरिसराले धन्यबाद सहित हात जोडिन् । व्यवसायी भण्डारीका अनुसार खाद्यन्न र लत्ताकपडाहरु सहयोग गरिएको छ ।

४ बोरा चालम, ५ किलो दाल, ५ मिटर खानेतेल, ५ किलो आलु, १ बोका बेसार, २ पोका नुन, २ पोका भुजा, १ पोका ठुलो विस्कुट, १ किलो मासु, १ पोका मसला, १ पोका चियापत्ति, २ किलो भेलि, १ क्यारेट अण्डा हस्तान्तरण गरिएको छ भने एउटा डसना, एउटा सिरक, एउटा सिरानी, एउटा तन्ना र एक हजार नगद समेत सहयोग गरिएको भण्डारीले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्की, पत्रकार दिपक जीएमको सहभागीतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बन्दै गरेको पुल मुनि सधै बाढीको जगजगी हुने खोलाको किनारमा बृद्ध परिवारको बास छ । तिनै खोलाको ढुंगा उठाएर बनाएको छाप्रो छ । उभिन नमिल्ने छाप्रो अहिलेसम्म बनिसकेको छैन । पुल बनाउने सिस्त्रीले दिएको केहि सिमेन्टले उठाएको गारोमा माटोको गारो थपिएको छ, तर पुरा भएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘दुःख देख्न नसकेर अरुले साना साना टिनका पाता दिएका थिए, त्यसैले ओत लगाएको छु ।’ सहयोग पाएर खुशी अनुहार बनाएकी हरिसराले भनिन्, ‘गाउँका मान्छेहरुले एक दुई सय दिन्छन्, त्यहिबाट गुजारा गरीरहेको छु ।’ एक छोरा र एक छोरी भएका हरिसराको सहारा भन्नु नै श्रीमान हुन् । डम्बर बुढा पनि सानो तिनो काम खोज्दै टाढा टाढा जान्छन्, एक दुई दिन विराएर आउछन् ।

हरिसराको घर निर्माणमा वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले पहल गर्ने बताए । खोला किनार भन्दा राम्रो स्थानमा सार्ने वडा अध्यक्षको भनाई छ । निर्माण व्यवसायी भण्डारीले घर निर्माणका लागि वडा अध्यक्षले पहल गरे आफुले सानो घर निर्माणका लागि सहयोग गर्ने बताए ।

 

‘दुई जना बस्नको लागि एउटा सानो घर निर्माण गर्न नसकिने भन्ने कुरा रहेन, तर खोला किनार भन्दा अनेत्र राम्रो हुन्थ्यो, त्यसको व्यवस्था भए एक लाख रुपैया बराबरको सानो घर निर्माण गर्न सकिन्छ ।’ निर्माण व्यवसायी भण्डारीले भन्नुभयो ।

सल्यानबाट दाङको तुलसीपुर, खाद्रे हुँदै गोग्ली नजिकको सिस्ने खोलाको किनारमा बस्न सुरु गरेको बुढा मगरको दम्पतीको सहारामा कोही छैन । जीवनको लामो समय डेरामा बसेर काम गर्दै गुजारा गर्दै आएको दम्पती बुढेस कालमा बासको समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *