किचेनी दहले लियो दुई बालकको ज्यान, गाउँमा शोक

नवीन अभिलाषी
दाङ, पुस ६ । दहमा डुबेर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ मा रहेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो । स्थानीय भुपेन्द्र घर्तिको ढाई वर्षीय छोरा युवराज घर्ति र बुद्धिराम घर्तिको छोरा ४ वर्षीय समिर घर्तिको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएपनि अस्पतालले बचाउन सकेन । दिउसो करिव २ बजेतिर घटना भएको स्थानीयहरुले बताएका छन् । गाउँको नजिकै रहेको किचेनी दहमा दैनिक जसो बालबालिकाहरु खेल्ने गरेका थिए । तर घटना कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

दुई बालकको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुई बालकको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *