उद्यमशिलताको विकास भए मात्र देशको विकास हुन्छ : अध्यक्ष भुसाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसहनियाँ, ६ पुस । सिसहनियाँ उद्योग वार्णिज्य संघको पाँचौ वार्षिक साधारणसभा सिसहनियाँमा सम्पन्न भएको छ । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वार्णिज्य संघका अध्यक्ष नारायण भुसालको प्रमुख अातिथ्यता र राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको विशिष्ट अातिथ्यतामा सभा सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सभामा बोल्दै प्रमुख अतिथि भुसालले उद्यमशिलताको विकास भए मात्र देशको विकास हुने बताएका छन् । साथै उनले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङलाई बनाएरै छाड्ने बताएका छन् । यसका लागि सम्पूर्ण व्यापारी एक हुन पनि उनले अाग्रह गरेका छन् । सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव इश्वरीप्रसाद अधिकारी र अार्थिक प्रतिवेदन कोषाध्यक्ष भिमबहादुर चाैधरीले प्रस्तुत गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघका उपाध्यक्ष युवराजसेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा,राप्ती उद्योग वार्णिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल,गढवा उद्योग वार्णिज्य संघका अध्यक्ष रविलाल अाचार्य,पुर्व जनप्रतिनिधि शिवा शर्मा, सिसहनियाँ उद्योग वार्णिज्य संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, पत्रकार ओमप्रकाश गुप्ता,स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) का अध्यक्ष प्रकाश विष्ट,प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *