घोराही पुस १ । घोराही उपमहागरपालिका वडा नम्वर १५ ले गणतन्त्र चौक लगायत आफ्नो सेवा क्षेत्रभित्रका ७ स्थानमा फ्रि वाईफाई सेवा प्रदान गर्न लागि रहेको छ ।
वडा कार्यालयले आफ्नो सेवा क्षेत्रमा नेटइन्टरनेटको पहुँच सबैका लागि बनाउने उद्देश्यले घोराही १५ को गणतन्त्र चौक, तुलसीपुर चौक, विपी चौक, ट्राफिक, मिलनचौक, भिंग्रेली चौक र दिपशिखा चौकमा गरी सात स्थानमा वर्डलिंकको फ्रि वाईफाई सेवा प्रदान गर्न लागि रहेको छ ।
सर्वसाधारण सबैलाई काम लाग्ने गरी वडा कार्यालयले उक्त सेवा प्रदान गर्न लागि रहेको वडा अध्यक्ष रमेश कुमार पाण्डेले जानकारी दिनुभयो । बुधवार देखि उक्त सेवा सबै जसो ठाउँमा सूचारु गर्ने तयारी वडा कार्यालयले गरेको छ ।