जेष्ठ नागरिकलाई न्यानो कपडा तथा सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

तिर्थराज ज्ञवाली
पुष १, भालुवाङ | राप्ती गाउँपालिका वडा नं १ ले आफ्नो वडामा रहुनहुने ८० वर्ष माथिका जेष्ठ नागरिकको सम्मान गर्दै चिसो वाट बच्नका लागि न्यानो सामाग्री वितरण तथा सम्मान गरेको छ ।


राप्ती गाउँपालिका वडा नं १ ले यस आर्थिक वर्षमा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि न्यानो कपडा ओड्नका लागि ब्लाङकेट र १ लिटरको थरमस प्रदान गर्दै फुल माला तथा गलबन्दिले सम्मान गरिएको वडा सचिव असलेख चौधरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सोमवार राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षता गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको न्यानो सामाग्री वितरण कार्यक्रममा वडा नं १ का ८० वर्ष माथिका ३३ जना जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण तथा सम्मान गरिएको हो ।

राप्ती गाउँपालिका वडा नं १ मा ८० वर्ष माथिका जेष्ठ नागरिक उमा कुमारी घर्ती, कृष्ण बहादुर बुढा, खेतुलाल कडेल, गौना देवि बुढा मगर, चतुर राम गाँहा, जसी रोका, तीला गाँहा मगर, धन बहादुर झाँक्री, नन्द देवि मल्ल, नर्मदा बुढा, बल बहादुर घर्ति, बुद्धिराम कुमाल, भक्ति देवि पोख्रेल, भक्तिराम पोख्रेल, भवान सिहं पुन,मोतीराम सुवेदि, यम प्रसाद आचार्य, राम कुमारी कँवर योगी,राम बहादुर बुढा मगर, लाल बहादुर कुमाल, लाली मगर, सुकविर गुरुङ, हुम बहादुर आचार्य, विष्णु कुमारी पोख्रेल, खड्ग बहादुर दमाई, दल बहादुर सुनार, याकुल दर्जी, पार्वति मल्ल, लाक्पा शेर्पा, अब्दुल हक, हरिकला गाँहालाई कार्यालय र घरमै गयर न्यानो सामाग्री वितरण तथा सम्मान गरिने वडा सचिवले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *