दाङका कारागारमा क्षमता भन्दा ४ गुणा कैदीबन्दी,समस्यै समस्यामा कैदीबन्दी

दाङ, मंसिर १९ । अपाराधिक गतिविधि बढ्दै जाँदा कारागारमा कैदी बन्दी थपिदै जाने तर भौतिक संरचना अभाव हुने गरेको छ । तुलसीपुर र घोराहीको कारागारमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुने गरेको छ । घोराही कारागारमा ६० देखि ७० जनासम्मको क्षमता भएपनि कारागारमा ४ गुणा कैदीबन्दी रहेको जेलर शाखा अधिकृत भुषालले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad
‘अपराध बढ्यो, कैदीबन्दी बढे तर भौतिक संरचना पुरानै छन्’ उनले भने–‘क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेबस्नेदेखि शौचसम्मको समस्या हुने गरेको छ ।’ तुलसीपुरको कारगारमा पनि समस्या उस्तै रहेको छ । तुलसीपुरको कारागारमा पनि भौतिक संरचनादेखि कर्मचारीको अभाव रहेको निमित्त जेलर वलीले बताए ।
‘कारागारमा अहिले कर्मचारीको अभाव पनि उस्तै छ, उनले भने–‘कारागार भनेपछि सबैको वेवास्ता देखिन्छ ।’ तुलसीपुरको कारागारमा कर्मचारी दरबन्दी ५० प्रतिशतमात्र रहेको उनले बताए । ‘कारागारमा ६ जनाको स्थायी दरबन्दी हो ’ उनले भने–‘ अहिले तुलसीपुको कारागारमा ३ जनामात्रै स्थायी कर्मचारी छौँ, यसले गर्दा पनि समस्या भएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *