विदेशी नागरिकको नेपालमा अपराधिक गतिविधि, दाङका कारागारमा १९ विदेशी कैदीबन्दी

जीतसागर जी.एम.
दाङ, १९ मंसिर | नेपालमा आउने विदेशी नागरिकलाई पर्यटकका रुपमा लिने गरेका छौँ तर विदेशी नागरिक सबै पर्यटकमात्र पनि हुँदैनन् । कतिपय विदेशी नागरिक नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् । खुल्ला सिमा नाकाका कारण विदेशी नागरिक नेपालका विभिन्न ठाँउमा विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेको तथ्यांकले देखाएको छ ।
अपराध बढ्दै गएको अवस्थामा विदेशी नागरिकले पनि नेपालमा अपराधिक गतिविधिमा संलग्न हुन थालेपछि झनै सुरक्षाको चुनौति बढेको छ । दाङका कारागारमा मात्रै अहिले १९ जना विदेशी नागरिकले जेल जीवन बिताइरहेका छन् । घोराही कारागारमा ९ जना बिदेशी कैदीबन्दी रहेका छन् भने तुलसीपुरको कारगारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।
जवरजस्ती करण, चोरी, लागुऔषध कारोबार, अपहरण, हत्या लगायतका अपराधमा विदेशी नागरिक संलग्न हुने गरेको घोराही कारागारका जेलर शाखा अधिकृत फर्साराम भुषालले बताए । ‘घोराही कारागारमा रहेका विदेशी कैदीबन्दी मध्ये सबै भारतिय नागरिक हुन्, उनले भने–‘खुल्ला सिमा नाकाका कारण व्यापार व्यवसायका लागि नेपालमा आएका उनिहरु अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् ।’ तुलसीपुर र घोराही कारगारमा रहेका ७ सय ६२ कैदीबन्दी मध्ये १९ जना विदेशी नागरिक रहेका छन् ।
कारागारमा विदेशी कैदीबन्दी सबै पुरुष रहेका छन् । घोराहीको कारागारमा जवजस्ती करणीका २ जना, कर्तव्य ज्यानका १ जना, चोराका २ जना, अपहरण मुद्धामा १ जना, ठगिका १ जना गरी ८ जना विदेशी कैदीबन्दी रहेका छन् । घोराही कारागारमा अधिकांश विदेशी नागरिक विभिन्न अपराधिक मुद्धामा पुर्पक्षका लागि जेलमा बसेको अधिकृत भुषालले बताए ।
कारागारमा कैद भुक्तान गरिरहेका विदेशी कैदीबन्दी मध्ये अधिकांश २५ देखि ३५ वर्षसम्मका रहेको उनको भनाई छ । यसैगरी तुलसीपुरको कारागारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेको निमित्त जेलर जोखिम वलीले बताए । ‘तुलसीपुरको कारागार अहिले ४ सय ६६ जनाले कैद भुक्तान गरिरहेका छन् ’ उनले भने–‘ ति मध्ये अहिले तुलसीपुरको कारागारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।’ तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिक सबै पुरुष भएको निमित्त जेलर वलीले बताए ।
‘कैद भुक्तान गरिरहेका विदेशी नागरिक सबै पुरुष हुन् ,अहिलेसम्म महिला विदेशी नागरिक छैनन् ।’ तुलसीपुर कारागारमा विदेशी कैदीबन्दी मध्ये अधिकांश जिल्ला बाहिरबाट आएको उनले बताए । ‘जिल्लामै अपराध गरेर जेल जीवन बिताइरहेका विदेशी कैदीबन्दी १५ प्रतिशतमात्र रहेका छन् ’ उनले भने–‘तुलसीपुर कारागारमा दाङमै अपराध गरेर आउने भन्दा जिल्लाबाहिरबाट बढी आउने गरेका छन् ।’ तुलसीपुरको कारागारमा पनि जवजस्ती करणी, लागुऔषध कारोबार, मानवबेचविखन लगायतका मुद्धामा विदेशी नागरिकले जेल जीवन बिताइरहेका छन् ।
जवरजस्ती करणीमा ३ जना, कतव्र्य ज्यान मुद्धामा ३ जना र लागुऔषध कारोबारका मुद्धामा विदेशी नागरिकले कैद भुक्तान गरिरहेको निमित्त जेलर वलीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *