दाङका पर्यटकिय स्थलमा आन्तरिक पर्यटककोे घुइचो

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, ४ मंसिर । दाङमा थुप्रै पर्यटकिय स्थलहरु छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थलहरुमा छन् । ती स्थलहरुमा हिजोआज मान्छेहरुको घुइचो बढेको छ । दशैतिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तै ती ठाउँहरुमा घुम्न जाने, वनभोज जानेहरुको लहर नै चलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विशेष गरी तिहारको भैलोबाटे उठेको रकम वा साथीहरु बीच मिलेर उठाइएकोको रकमबाट सामुहिक रुपमा बनभोज खाने चलन बढ्दै गएको छ । त्यस्तै विद्यालय, क्याम्पसहरु, समुह, सहकारी, टोल विकास संस्था, राजनीतिक दल, तिनका भातृसंगठनबाट समेत मिलेर सामुहिक रुपमा बनभोज जाने क्रम पनि बढेको छ । जसको पहिलो रोजाई भनेकै यहाँका पर्यटकिय स्थलहरु बनेका छन् ।


सोही कारण पनि यहाँका धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थिलमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटकहरुको भिडभाड बढेको छ । घोराहीको बारकुने दह, ज्यामिरे ताल, अम्विकेश्वरी मन्दिर क्षेत्र, पाण्डवेश्वर मन्दिर क्षेत्र, पश्चिम दाङमा गणेशपुर पार्क, शितलपुर क्षेत्र, पुरन्धारा झरनामा अहिले आर्कषणको केन्द्र बनेका छन् । यस्तै देउखुरी क्षेत्रमा जखेरा ताल, बगारवावा धार्मिक क्षेत्रहरुमा सामुहिक रुपमा पुग्ने र बनभोज खान जानेको घुइचो नै हुने गरेको देखिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


घोराही देखि दक्षिण पश्चिममा पर्ने पाण्डवेश्वर धारापानी मन्दिरमा अहिले दैनिक तीन हजार बढी पर्यटक आउने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम आचार्यका अनुसार अहिले ‘पीकनिक’ खानेको भिडभाड हुने गरेको छ । ‘मन्दिर क्षेत्रमा पीकनिकको लागि भनेर ४ वटा प्रतिक्षालय बनाइएको छ तर त्यसले पुग्दैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

’ उहाँले भन्नुभयो ‘चार वटा मात्रै स्टल छ नपुगेर सबै चौरमा बसेर बनभोजको रमाइलो गर्नुहुन्छ ।’ मन्दिर क्षेत्रमा पीकनिकमा आउनको लागि १०÷१५ दिन अगाडी नै स्टल बुक गर्नेहरु आउने गरेको उहाँ सुनाउनुहुन्छ ।


‘पछिल्लो समय पाण्डवेश्वर मन्दिरमा जिल्ला बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन् ।’ उहाँले भने ‘दैनिक १५ सय देखि २ हजार जिल्ला बाहिरबाट आउन् । शनिवारको दिन स्थानिय पर्यटकको थामि नसक्नुको भीड हुने गर्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाण्डवेश्वर धाम बबईको किनारमा, जंगलको नजिक र प्रसस्त हेर्न लायक भौतिक पुर्वाधार निर्माणले पनि पछिल्लो समय अवलोकन, घुमघाम र पुजापाठको लागि आउनेहरुको घुइचो नै बढेको छ । त्यस्तै विहेवारी, पास्नी गर्नेहरु पनि धारापानीमा पुगेकै हुन्छन् । प्रायजसो विहेको भोज त्यहाँ भैरहेको हुन्छ ।


अहिले पाण्डवेश्वर मन्दिरमा बनभोजको लागि ५०० सय रुपैँया तिर्न पर्छ । खुल्ला चौरमा बसेर खानेलाई संख्या हेरेर कम पैसा पनि लिने गरिन्छ । त्योसँगै धारापानीमा भोजको लागि । चौरमा बस्नेलाई अवस्था हेरर संख्या हेरेर शुल्क लिने गरिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्य समयमा भन्दा शनिवारको समयमा साप्ताहिक विदा भएको कारणले पनि पिकनिक खानेको ताँति लाग्ने गरेको अम्विकेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेल बताउनुहुन्छ । पटकपटक ट्याङ्करबाट पानी ल्याउदा समेत वनभोज खानेलाई पुर्याउनै मुस्किल पर्ने गरेको छ ।


घोराहीको नजिकै रहेको बारकुने मन्दिर परिषरमा पनि हिजोआज निकै भिड हुने गरेको छ । मन्दिरमा घुम्न आउनेहरु बढे पछि त्यहाँ वरिपरिको व्यापार व्यवसाय पनि बढेको मन्दिर व्यवस्थापनको समितिका अध्यक्ष टेमन बुढा बताउनुहुन्छ । बारकुने मन्दिर र छेउको तालमा रहेको मनोरम दृश्य वरिपरी घुम्न आउने बढे पछि वरिपरी गाउँमा व्यापार र आम्दानी पनि बढेको उहाँको भनाई छ । दैनिक बनभोज खानआउने, पुजा र घुम्न आउने पर्यटकको कारणले मन्दिर क्षेत्रको सरसफाई र व्यवस्थापनको मासिक खर्च धान्नको लागि समेत टेवा पुगेको उहाँ बताउनुहुन्छ ।


यहाँका धार्मिक स्थलहरुमा आम्दानी र आन्तरिक पर्यटक बढे पनि फोहोर व्यवस्थापनमा समेत समस्या भएको समितिका पदाधिकारीहरु बताउने गरेका छन् । पछिल्लो समय बढेको प्लास्टिकजन्य पदार्थले पर्यटकिय स्थल परिपरि फोहोरमैला भने बढाएको छ । यसको व्यवस्थापनको लागि घोराही उपमहानगर र स्वयम धार्मिक पर्यटकिय व्यवस्थापन समितिले विशेष ध्यान दिन जरुरी छ ।


पाण्डवेश्वर धारापानी मन्दिरमा भने दैनिक एक घण्टा र साप्ताहिक रुपमा आइतवारको दिन विशेष सरसफाई अभियान चलाएको छ । अन्य क्षेत्रमा पनि यस प्रकारको सरसफाई कार्यक्रम आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *