लमही अस्पताल अस्तव्यस्त ,अस्पतालको सेवा खस्कदै


ओमप्रकाश गुप्ता
दाङ, मंसिर ४ । दाङ देउखुरीको एक मात्र सामुदायिक अस्पताल लमही अस्पताल अहिले समस्यै समस्यामा गुज्रिरहेको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको यो अस्पताल थुप्रै समस्याका बीच पनि जसोतसो सेवा दिइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तर बृद्धि भई हाल लमही अस्पताल बनाइए पनि उचित व्यवस्थापन नहुँदा अस्पतालको सेवा खस्कदै गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


देउखुरीको ४ वटा पालिकाको केन्द्र विन्दुमा रहेको एक मात्र अस्पतालको व्यवस्थापनमा कसैले चासो नदेखाउदा उपचार सेवामा प्रभावकारी हुन नसकेको हो । नामले जिल्ला स्तरको अस्पताल कामको हिसावले प्राथामिक तहको उपचार पनि हुन त्यहाँ उपचार गर्न आउने सबै प्रकारका विरामलाई वुटवल, नेपालगन्ज रेफर गर्ने गरिएको छ ।


लमही नगरपालिका र अस्पताल बीच तालमेल नमिल्दा अस्पतालमा उपलव्ध श्रोत साधनको व्यवस्थापन हुन सकेको छैन । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले अस्पताल सेवा प्रभावकारी गराउनको लागि अस्पताल प्रमुखको जिम्मेवारी हुने भए पनि प्रभावकारी सेवामा अस्पताल प्रसासन नै कमजोर देखिएको बताउनुहुन्छ । उक्त अस्पतालको सम्पुर्ण आर्थिक खर्च लमही अस्पतालले हेर्दै आएको छ तर डाक्टर अस्पतालमै नबसेर तलव सुविधा मात्र लिने गरेको जनगुनासो पनि उत्तिकै बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अस्पतालको सेवामा जनगुनासो बढेको विषयमा जिज्ञारा राख्दा नगरपालिकाका प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले अस्पतालको प्रमुखले इमान्दारीता पूर्वक काम नगर्दा समस्या आएको बताउनुहुन्छ । तर अस्पताल प्रसासन भने नगरपालिकाले भनेको समयमा उचित आर्थिक सहयोग गर्न नसकेको आरोप लगाउने गरेको छ ।

लमही अस्पताल अहिले ३ जना डाक्टरको भरमा चलिरहेको छ । ५ जना डाक्टरको दरबन्दी भए पनि १ जना एम.वी.वी.एस र २ जना विशेषज्ञ डाक्टर अहिले अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यहाँ कार्यरत डाक्टर पनि अधिकाशं समय क्लिनिकमा विताउने गरेको सेवाग्राहीहरु बताउछन् । अस्पतालमा कम्तीमा ५५ प्रकारको औषधी निशुल्क हुनुपर्ने भए पनि १४ प्रकार औषधी मात्र निशुल्क उपलब्ध हुने गरेको छ ।
प्रसुती शाखामा प्रसुतीको लागि आवश्यक पर्ने सुइ देखि बच्चा जन्मेपछि आवश्यक पर्ने सरसामान पनि नपाइने गरेको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्य गाउँपालिका तथा नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता दोव्वर बनाएर दिदा लमही अस्पतालमा पाउनुपर्ने भत्ता १०३ जनाले अहिलेसम्म पनि पाएका छैनन् । यस विषयमा नगरपालिकाले सुत्केरी भत्ता वितरणको काममा अस्पतालले नै लापरवाही गरेको बताउँछ । नगरपालिकाबाट रकम निकासा गरेपनि गत आर्थिक बर्ष सकिनै लाग्दा रकम फिर्ता आएको नगरपालिका प्रशासकिय अधिकृतले डाँगीले बताउनुभयो ।

ल्यावको अवस्था पनि उस्तै छ । ल्यावमा चाहिने केमीकल देखि सामान्य सुइ, सिसा बोतलसम्म छैन । ५५ लाखको लागतमा खकार जाँच गर्ने मेसीन आएको छ, त्यसको प्रयोग भएको छैन । अप्रेसनको लागि आवश्यक पर्ने कक्ष निर्माण गर्नको लागि नगरपालिकाले पटक पटक आग्रह गरेपनि काम भएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्पदंश सम्बन्धी सामान प्रदेश सरकारले उपलव्ध गराए पनि त्यो सामान नगरपालिका मै थन्किएको छ । गत आर्थिक बर्षमा नगरपालिकाले विनियोजन गरेको बजेटबाट काम हुन नसक्दा बजेट फिर्ता गएको छ । अस्पतालमा लेखा र सुचना अधिकारी विहिन अवस्थामा रहेको छ । जसको कारण त्यहाँ कार्यरत कर्मचारीले समयमा प्रारिश्रमिक बुझ्न पाएका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *