‘विकासको नाराबोकेर गाउँगाउँमा विमला

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा (ख)का नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) उमेदवार विमला वलीले आफुले चुनाव जिते स्वर्गीय सांसद उत्तरकुमार वलीले जनता सामु गरेका बाचा पूरा गर्ने बताएकी छन् ।
बबई गाउँपालिकामा भएका चुनावी टोल सभालाई सम्बोधन गर्दै उमेदवार वलीले आफ्ना पतिले जनता सामु गरेका बाचा पूरा गर्न नपाउँदै ज्यान गुमाएकाले उहाँले गर्न बाकी काम आफुले पूरा गर्ने बताइन् ।
‘तपाईहरू सामु उत्तरजीले धेरै बाचा गर्नुभएको थियोे । ती काम पूरा नगर्दै उहाँको निधन भयो ।’ उनले भनिन् ‘उहाँले पूरा गर्न नसकेका विकासका काम म पूरा गर्छु ।’ काँग्रेसले आफुलाई कमजोर पात्रका रूपमा चित्रित गर्न खोजेको भन्दै चुनाव जिते एकल महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण बन्ने बताइन् । आफू कुनै कुराले काँग्रेस उमेदवार भन्दा कमजोर नभएको भन्दै नेतृ वलीले पश्चिम दाङको विकास नेकपाले जिते मात्रै हुने बताईन ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्यहरू जगप्रसाद शर्मा अपार, नारायणी शर्मा, दामा शर्माले नेकपाले चुनाव जिते मात्रै विकास सम्भव हुने बताइन ।
नेकपाले शुक्रवार बबई गाउँपालिकाको बगाले, बिजयनेटा, सीतापुर, हंशपुर, रातामाटा, बगरपुर, घट्टेकुलो लगायतका क्षेत्रमा टोल सभा गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *