दुर्घट्ना न्युनीकरण गर्न सचेतना

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

लमही जेसिसले सप्ताह कार्यक्रम अनुसार शुक्रबार लमहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बर्षेनी देउखुरीमा सडक दुर्घटना बढी हुने भएकाले सवारी चालकहरुको लागि सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहनकुमार चन्द्रले प्रशिक्षण दिएका हुन् । उपस्थित सवारी चालक र यातायात कर्मचारीहरुले यस्ता सचेतना कार्यक्रमले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वास गरे ।
लमही जेसिसका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्ष एवम् ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहनकुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिसका सचिव तथा देउखुरी मोवाईल संघका अध्यक्ष भिम भुषाल, उपाध्यक्ष सपना पाण्डे, उमाकान्त चौधरी, हरीबहादुर कुँवर, बिमल नेपालीलगायतका वक्ताले बोलेका थिए । किसन भट्टराईको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन फणाधर ढकाल शर्माले गरेका थिए । सो अवसरमा ट्राफिक नियमका पर्चा पम्प्लेट पनि वितरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *