बाँसको कलाले उत्कृष्ठ बने वालापुरका विद्यार्थी

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

तुलसीपुर । माध्यमिक विद्यालय वालापुरका विद्यार्थीहरु कक्षा समय भन्दा पछाडी केही न केही सृजनशिल काम गरिरहेका हुन्छन् । मान्छेको जीवनसँग जोडिएका साना साना कुराहरुलाई उनीहरुले अध्ययन गरिरहेका हुन्छन् । किताव र स्कुलको घेराबाट फुत्त वाहिर निस्किएर उनीहरुलाई समाजसँग जोडिन मन लाग्छ । ‘समाज नवुझेर कहाँ जीन्दगीमा अगाडि वढ्न सकिन्छ । ’ विद्यार्थी हेमन्त वलीले भने ।
बालापुर गाउँमा पानीको अभावका कारण भनेजति उब्जनी हुँदैन । आकाशबाट पानी वर्षेन भने खेतका गह्रा पट्पटी फुटेका हुन्छन् । उनीहरुले विकल्प निकाले उब्जनी नहुने ठाउँमा बाँस खेति गर्ने । अरुभन्दा सानो ठाउँ भए पनि हुने र वढि अक्सिजन पनि दिने भएकाले उनीहरुले वाँस नै रोजेका थिए । ‘बाँसबाट पुलदेखि घरसम्म पनि वनाउन सकिन्छ, यसबाट वनाउन नसकिने भाडा केही पनि छैनन् ’ विद्यार्थी वलीले भने । उनीहरुले बाँस लगाउने सीपदेखि त्यसलाई ताछ्ने र विभिन्न कुराहरु वनाउने सम्मका सीपहरु सिके । उनीहरुले विद्यालय समय वाहेक गर्ने काम भनेकै त्यही परियोजना पुरा गर्नु थियो । विद्यालयमा अध्यापन गराउने सन्तोष लम्साल र सितल थापाको सहयोगमा उनीहरुले त्यो परियोजना पुरा समेत गरे ।
विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीहरुलाई सृजनशिल वनाउनका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग मिलेर कारखाना भन्ने संस्थाले विभिन्न ठाउँमा सृजनशिल विद्यार्थीका परियोजनाको प्रदर्शनी गर्दछ । प्रदेश नम्वर ५ स्तरमा भएको प्रदर्शनीमा विद्यार्थीहरुले बाँसको परियोजना लैजाने निधो गरे । उनीहरुले ४० वटा सामुदायिक र संस्थागत विद्यालयसँगको प्रतिष्पर्धामा समुदायमा सकारात्मक प्रभाव पार्ने विद्यामा पुरस्कार अवार्ड समेत पाए । ‘सहभागी विद्यालयमा ११ वटा सामुदायिक विद्यालयले मात्रै सहभागिता जनाएका थिए ’ सहभागी शिक्षक सन्तोष लम्सालले वताए । उनले ११ सामुदायिक विद्यालयमा दाङ्गबाट टिच फर नेपालका प्रज्ञार्थीहरुले अध्यापन गराउने ९ वटा विद्यालय सहभागी भएको समेत वताए ।
बाँसको परियोजनाबाट अवार्ड पाएपछि अहिले सहभागी विद्यार्थीहरु हेमन्त वली, दिला केसी र प्रकाश वुढाथोकी निकै खुसी छन् । उनीहरुलाई थप नयाँ काम गर्ने हौसला वढेको छ । प्रदर्शनीमा उनीहरुले बाँस रोप्ने र सिन्का वनाउने मेसिनको नमुनासँगै बाँसबाट वनेका पुल, घर, चम्चा, व्रस राख्ने भाडो लगायतका विभिन्न सामग्री वनाएको शिक्षिका सितल थापाले जानकारी दिइन् । समाजमा प्लाष्टिका भाडाको प्रयोग कम गर्नका लागि पनि यो परियोजनाको निर्माण गरिएको पनि थापाले वताइन् । उनले यही परियोजनालाई कारखानाले राष्ट्रियस्तरमा आयोजना गर्ने कार्यक्रममा पनि लैजाने उनको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *