वडाबासीका समस्या सुन्दै तारा डिसी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २९ कार्तिक | घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसीले मतदाताहरूसँगको भेटघाटलाई जारी राखेका छन् । नेपाली काग्रेसबाट उमेद्वारी बनेका डिसीले मतदाताहरूसँग घरघरमै पुगेर उनीहरूको समस्या सुनिरहेका छन् ।


आगामी मंसीर १४ गते हुने उपनिर्वाचनकालागी नेपाली काग्रेसबाट उमेद्वार बनेका डिसीले शुक्रवार रावतगाँउ, पर्सा, सानी अम्बापुरका मतदाताहरूको घरमै पुगेर समस्या सुन्दै मत दिनकालागी अनुरोध गरिरहेको प्रचार समितिका संयोजक लोकबहादुर खत्रीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मतदाताहरूले वर्तमान नेकपाको सरकारले आफूहरूको समस्या समाधान गर्न नसकेको भन्दै अबको उपनिर्वाचनमा नेपाली कांग्रेसलाइ मत दिने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरूले अघिल्लो निर्वाचनमा आफूहरूको अन्य दललाई मत दिएपनि कर लगायतका विविध कारणले आफूहलाई अप्ठेरोमा पारेकोले यस पटक नेपाली काग्रेसलाई विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेको प्रचार संयोजक खत्रीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डिसीले वडाबासीका समस्याहरू आफ्नो समस्या भएको भन्दै गम्भीर भएर समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *