नेपाली भूमि कब्जागर्ने कसरी मित्रराष्ट्र ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

नेपालले छिमेकी मित्रराष्ट्र भारतको पटक–पटक हस्तक्षेप सहदै आएको छ । भारतले पछिल्लो समय सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको ३ सय ७४ वर्गकिलोमिटर भन्दा बढी भु–भाग परेको छ । नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका ठाँउ भारतले आफ्नो नक्सामा समेटेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली भुमिलाई आफ्नो बनाउन भारतले देखाएको हस्क्षेपकारी व्यवहार नेपाली कहिले सम्म सहेर बस्ने त ? वर्षौदेखि नेपाली भुमिलाई कब्जा गर्दै आएको भारतले पछिल्लो समय फेरी नेपाली भु–भाग आफ्नो नक्सामा राखेपछि अब के हुन्छ भन्ने आम नागरिक जाग्नुपर्ने समय आएको छ । भारतले आफ्नो नयाँ नक्सामा राखेको नेपाली भु–भाग फिर्ता गर्ला त ? छिमेकी देश भारतले नेपाली भुमि आफ्नो कब्जामा राख्दै गएपछि नेपाल खुम्चिदै गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भारतको पछिल्लो हस्तक्षेपकारी भुमिकाले अहिले आम नेपालीलाई हेपिएको महशुस मात्र भएको छैन् अब राष्ट्र र राष्ट्रियता जोगाउन सबै नेपाली एकजुट हुनुपर्छ भन्ने सन्देश समेत मिलेको छ । भारतले निकालेको नयाँ नक्साका विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत ध्यानाकर्षण समेत गरेको छ तर पराराष्ट्र मन्त्रलयले निकालेको विज्ञप्ती झारा टार्ने किसिमको देखिएको भन्दै नेपाली नागरिक झनै आक्रोसित बनेका छन् । नेपाली भूमि फिर्ताको माग गर्दै अहिले नागरिकले आन्दोलन पनि थालिसकेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामाजिक संजालदेखि विभिन्न मिडिया अहिले भारतले देखाएको पछिल्लो दादागीरीको अन्त्यको माग गरेका छन् । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७८ ठाउँमा विवाद छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ । नापी विभागका अनुसार सन् १९८० देखि २००७ सम्म प्राविधिक समितिबाट काम गर्दा विभिन्न ठाउँमा विवाद देखिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उच्चस्तरीय संयन्त्रलाई जिम्मेवारी दिएपछि विभागको तर्फबाट कालापानी र सुस्तामा कुनै पनि अध्ययन र समाधानको काम भएको छैन । नापी विभागले देशका अन्य ठाउँमा बेला बेला देखिने गरेका विवाद समाधान गर्ने, सीमास्तम्भ गाड्ने, बिग्रे भत्केका मर्मत गर्ने र नक्साङ्कन गर्ने जस्ता काम भने गर्दै आएको छ तरपनि कालापानी र सुस्ताको विषयमा विवाद कायमै रहेको छ ।

नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा भारतले किन राख्यो ? सिमा किन मिच्दै छ भारत ? लगायतका प्रश्न नागरिकले गरिरहेका छन् । अब नेपाली र नेपाल सरकार चुप लागेर बस्ने अवस्था छैन् । नेपाली भुमि कब्जागर्ने कसरी मित्रराष्ट्र हुन सक्छ ? आज देशको भुमि खुम्चिदा हामी पूर्वदेखि पश्चिमसम्मका नेपाली एकजुट भएर भारतको दादागिरीलाई रोक्नुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *