तुलसीपुर वडानम्बर १३ को कार्यालयमा तालाबन्दी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा तालाबन्दी भएको छ । नेकपा तुलसीपुर वडानम्बर १३ को कमिटीले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती राजमार्ग– धर्ना सडक निर्माणका लागि उपभोक्ता समितिमा आफुहरुलाई नसमेटेको भन्दै वडा कार्यालयमा नेकपा तुलसीपुर वडा नम्बर १३ कमिटीका अध्यक्ष होमबहादुर नेपालीसहितको टोलीले तालाबन्दी गरेको वडा अध्यक्ष डम्बरबहादुर न्यौपानले जानकारी दिनुभयो । वडा कार्यालयमा तालाबन्दी भएपछि कार्यालयबाट प्रवाह हुने सेवा ठप्प भएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयमा तालबन्दी भएपछि सेवाग्राहीले सास्ती पाएका छन् । अध्यक्ष न्यौपानेका अनुसार उक्त सडक निर्माणका लागि ४० लाख बजेट बिनियोजन गरिएको छ । उपभोक्ता समितिमा स्थानियलाई समेटेको उहाँले बताउनुभयो । सडक अहिलेको बजेटले राप्ती राजमार्गदेखि शान्तीटोलसम्म हुने भएकाले उहाँहरुलाई उपभोक्ता समितिमा समेट्न नसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *