नेकपाको उमेद्वार विमला वली हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दाङ क्षेत्र नम्वर ३ प्रदेश ‘ख’ मा बिमला वलीलाई उमेद्वार बनाउने भएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमाहुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको छ । नेकपा उच्च स्रोतका अनुसार वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य सहमत छन् । औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्नेछ ।

दाङ क्षेत्रनम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले उमेद्वार बनाएकी बिमला स्वर्गीय सांसद पलीकी धर्मपत्नी हुन् । उत्तरकुमार वली पश्चिम दाङमा विकास प्रेमी नेताका रुपमा परिचित थिए । उनले काँग्रेस नेता बुद्धीराम भण्डारीलाई करिब ७ हजारको मतान्तरले पराजित गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेकपा दाङले उपनिर्वाचनका लागि बिमला वली, चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रिय सभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *