सिमेन्ट कारखानाबाट खसेर एकजनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१७ कार्तिक |  दाङमा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको उक्त सिमेन्ट उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश स्थायी घर भएका ४५ वर्षीय रमेशकुमार पटेलको खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते हुनुभएका पटेलको उपचारका क्रममा आज मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

शनिबार बेलुका साढे ८ बजे खसेर घाइते हुनुभएका पटेललाई उपचारका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतकको शव उक्त अस्पतालकै शवगृहमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *