नवीन अभिलाषी
दाङ, कार्तिक १६ । फुस्रो छ प्रिन्सी चौधरीको अनुहार । सुक्दै गएका हात खुट्टा र अस्वभाविक रुपमा बदलिएको छ टाउकाको आकार । ११ वर्षकी प्रिन्सीलाई १४÷१४ दिनमा रगत चढाईरहनु पर्छ । त्यसको लागि दाङ काठमाण्डौ त पानी पँधेरो नै भैसक्यो । वितेको तीन वर्षमा कति पटक रगत चढाईयो, त्यसको कुनै गन्ती नै भएको छैन । कक्षा ५ पाँचमा पढ्दै गरेकी प्रिन्सीलाई चिकित्सकले थालासेमिया भएको भनेका छन् ।
तीन वर्ष पहिले प्रिन्सी कमजोर हुने, हात खुट्टाका जोर्निहरु र कान दुख्ने समस्याले रुन थालेपछि तुलसीपुरकै अस्पतालमा उपचार गराईयो । तुलसीपुर उपमहानगरपालिका १६ लालपुरका २७ वर्षिय प्रकाश चौधरीले आफ्नो छोरीको उपचार सम्भव नभएपछि काठमाण्डौ पु¥याउनुभयो । कान्तिबाल अस्पतालमा केही दिन भर्ना गरियो । त्यसपछि सिभिल अस्पतालमा पु¥याएपछि चिकित्सकले प्रिन्सीलाई थालासेमिया भएको निश्कर्ष निकाले ।
पाँच÷सात वर्ष मलेसिया बसेर कमाएको दुई चार लाख त्यतिकैमा सकिएको थियो । प्रकाश चौधरीसँग न जग्गा थियो । न कुनै सम्पती । छोरीको नियमित उपचार गराउनु पर्ने भएपछि सहयोग माग्नुको विकल्प भएन । अहिले नियमित उपचारमा रहेकी प्रिन्सी चौधरीलाई १४÷१४ दिनमा रगत चढाउनका लागि काठमाण्डौ डिल्लीबजार स्थित अपुष्ट रक्तकोष समूह नामक संस्थामा लैजानु पर्छ । ‘बाहिर लैजानको लागि आर्थिक समस्या छ, बाहिर अस्पतालमा धेरै महंगो छ, पैसा तिर्ने अवस्था छैन ।’ निक्कै कम बोल्ने प्रकाशले भन्नुभयो, ‘त्यहि संस्थामा गएर रगत चढाउनुपर्छ, त्यहाँ केहि सहुलियत छ ।’ त्यहाँ पुगेर पनि सहज छैन प्रकाशको परिवारलाई । किनकी रगत दिने मान्छे आफैले खोज्नु पर्छ ।
नेपालको कुल जनसंख्याको १५ प्रतिशत मानिसमा यो रोग भएको एक अध्ययनले देखाएको छ । भारतमा विशेषगरी बालबालिकामा यो रोग देखिएको चिकित्सकहरू बताउछन् । यो समस्या निराकरणका लागि बोनम्यारो ट्रान्सप्लान्ट अन्तिम उपाय हो । बोनम्यारो ट्रान्सप्लान्ट गर्न १५ लाख भन्दा बढि लाग्छ । यसकारण बोन म्यारो ट्रान्सप्लान्ट सबैले सक्दैनन् । ट्रान्सप्लान्ट गर्न नसक्नेका लागि नियमित रगत चढाएर बिरामी बचाउनु यसको विकल्प हो । त्यहि विकप्लको प्रयोग गर्न बाध्य छन् प्रकाश ।
अन्य रोगमा ७ देखि ८ प्रतिशत हेमोग्लोबिन चढाएपुग्छ भने यो रोग लागेकालाई १० प्रतिशत हुँदा नै चढाउनुपर्छ । कमी भएमा समस्या बल्झिन्छ । यो रोगको औषधि नेपालमा उपलब्ध छैन । यसरी औषधिकै समस्याले पनि बिरामीलाई समस्या रहेको छ । डीएनएका कारण विकास हुने यो जीन माइनरमै रहेमा तत्काल उपचार जरुरी हुँदैन । मेजर भएमा भने जीवनभर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । बच्चामा झिंझोपना, खाना नखाने, आँखाको माथिपट्टि पहेंलो देखिने, खुट्टाको पाइताला सेतो हुने, अनुहार फुस्रो हुने यसका लक्षण हुन । निरन्तर रगत चढाइरहँदा शरीरमा आइरनको मात्रा बढी हुन्छ, जसलाई काटन औषधि सेवन गर्नुपर्छ ।
प्र्रकाशका दुई छोरी हुन् । कान्छी छोरी कुसुम चौधरीमा पनि यो समस्याको लक्षण देखा परेको छ । र श्रीमती जुगमति चौधरीमा पनि । तर त्यो सामान्य प्रकारको भएका कारण उपचार गर्नु नपरेको प्रकाशले बताउनुभयो । घोराहीमा पत्रकार सम्मेलन गर्दै छोरीको जीवन बचाईदिन प्रकाश चौधरीले आग्रह गर्नुभयो । ‘सञ्चारमाध्यमबाट यो खबर धेरै ठाउँ पुगेपछि हामीलाई सहयोग आउछ की भन्ने आशा छ ।’ प्रकाशले याचना गर्दै भन्नुभयो, ‘बोनम्यारो ट्रान्सप्लान्टका लागि ३० लाख भन्दा बढि खर्च हुन्छ रे, अहिलेसम्म १३ लाख भन्दा बढि खर्च भैसक्यो ।’