राप्ती राजमार्ग : कहिले हुन्छ निर्माण शुरु ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर ११ कात्तिक | राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर सल्यान सडक खण्डको निर्माण कार्य अलपत्र परेको छ । गएको बर्ष अर्थमन्त्रालयले ९९ करोड बजेट बिनियोजन गरेपनि डिभिजनको लापर्वाहीका कारण बजेट आएको दश महिनासम्म पनि सडकको निर्माण कार्य सुरु हुन सकेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डिभिजन प्रमुखको वेवास्ताकै कारण निर्माण शुरु हुन नसकेको निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य पुर्ण भण्डारीले बताउनुभयो । तुलसीपुरको बीरेन्द्र चोक देखि चोर खोला सम्मको १७ किलोमिटर सडकका लागि ४९ करोड र चोरखोला देखि अरिङ्गाले फेदि सम्मको १० किलोमिटर सडकका लागि पनि ४९ करोड बजेट बिनियोजन भएको थियो ।

यता डिभिजन सडक कार्यालय दाङले गत बैशाखमा चोरखोला देखि अरिङ्गालेफेदी सम्मको सडकका लागि टेण्डर आब्हान गरेपनि प्राविधिक त्रुटीका कारण रद्द गरिएको जनाएको छ । सबै तयारी पुरा गरेर गत बैशाखमा टेण्डर आब्हान गरेको भएपनि प्राविधिक त्रुटीका कारण रद्द हुदा काम सुर हुन नसकेको डिभिजन सडक कार्यालय दाङका इन्जिनियर लिला भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *