दाङ, ११ कार्तिक | नेपालको सुन्तला र जुनार चीन निर्यात गर्ने सम्झौता पूर्ण रुपमा कार्यान्यवनमा आउन ढिलाइ हुने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला नेपालको सुन्तला र जुनार चीन निर्यात गर्ने विषयमा भएको सम्झौता हचुवाको भरमा कार्यान्वयन नहुने कृषि मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.युवक ध्वज जिसीले सम्झौता गर्नेवित्तिकै कार्यान्वयनमा नआउने भन्दै त्यसका लागि गुणस्तरीय उत्पादनका लागि सरकार तयारीमा जुटेको बताउनुभयो ।
नेपालको कृषि तथा पशुपन्छि विकास मन्त्रालय र जनरल एड्मिनिस्ट्रेशन फर कस्टम एण्ड रिपब्लिक अफ चाइनाको बीचमा चीनिया सरकारी टोलीबीच फलफूल आयात तथा निर्यात गर्ने बारेमा सम्झौता भएको थियो । नेपालका सुन्तला र जुनार चीन निर्यात भएपछि नेपाली किसानले ६ गुणासम्म बढी मूल्य पाउने सरकारले जनाएको छ ।