मकैमा अमेरिकी फौजी किराको आतंक

दाङ, कार्तिक ७ । गढवा गाउँपालिका वडा नं। ७ शान्तिपुर निवासी किसान दामोदर पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन अन्तर्गत मकैको बिउ उत्पादनका लागि मकै खेती गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मकै हुर्कदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । उनले कृषि प्राविधिकको सल्लाहमा किरा नियन्त्रण गर्न तीनपल्ट विषदी छरे । तर, नियन्त्रणमा आएन । अहिले किराले मकैको चमरा समेत खान थालेको छ ।

‘पाँच कट्ठामा बिउ मकैको खेती गरेको छु । तर, मकै सबै किराले सखाप पार्‍यो ।’ उनले भने ‘बचाउने उपाय सबै अपनाईयो तर, नियन्त्रणमा आएन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिउँदे मकैमा अमेरिकी फौजी किराले आक्रमण गरेको छ । दाङ जिल्लामा गरिएको मकै खेतीमा अमेरिकी फौजी किराले असर पारेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै, सुपरजोनका कृषि अधिकृत पिताम्बर बस्नेतले बताए ।

‘अमेरिकी फौजी किराले मकै बाली धेरै मनपराउने गर्छ । मकै मात्रै होइन धान, गहुँ, तोरी लगायत ८० प्रकारको बालीमा यसले असर पुर्‍याउन सक्छ ।’ उनले भने, ‘हामीले नियन्त्रणको उपायहरु अपनाईरहे पनि यसको असर व्यापक रुपमा फैलिएको छ । यो किराले मकैको घोगा पनि खान्छ, दाना पनि खाने भएकाले उत्पादनमा समेत ठूलो असर पुग्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

फौजी किराले भर्खरै उम्रदै गरेको मकैको पातदेखि डाँठ, घोगा र बोट नै सखाप पार्छ । दाङ जिल्लामा दश हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिएको मकै खेतीमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको छ।

‘हामीसँग सम्पर्कमा आएका किसानले गरेको खेतीको विवरण अनुसार दश हेक्टरमा फौजी किराको असर देखिएको छ ।’ उनले भन, ‘सम्पर्कमा नआएका किसानहरुको बालीमा समेत असर गरेको पाएका छौँ ।’ दाङको लमही नगरपालिका वडा नं। ८ को सतबरीया, गढवा गाउँपालिका वडा नं। ५ बोधीपुर, वडा नम्बर ७ शान्तिपुर, राप्ती गाउँपालिका वडा नं। ५ पिपरखुट्टी लगायतका क्षेत्रमा अमेरिकी फौजी किराको संक्रमण फैलिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हल्का खैरो र सादा पहेँलो रङ्गको यो किराको अण्डा ०।४ लामो र ०।३ एमएम अग्लो हुन्छ । उस्तै उचाईका तर ४।५ सेन्टिमिटर लामो यसको लाभ्रा हुन्छ । यो किराको वयस्क भाले १।६ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३।७ सेन्टिमिटर हुन्छ ।

किराको वयस्क पोथी भालेभन्दा केही ठूलो हुन्छ । वयस्क पोथी १।७ सेन्टिमिटर लामो र यसको पखेटाको फैलावट ३।८ सेन्टिमिटर हुने किराहरुको वैज्ञानिक इन्साइकोपिडियाले उल्लेख गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिकापछि पहिलोपटक सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको फौजी किरा अहिले एसियाको २५ मुलुकमा फैलिएको छ । सन् २०१६ पछिको साढे दुई वर्षमा यो किराको फैलावट व्यापक देखिएको छ । यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *