अज्ञात रोगले बाख्रा मरे

दाङ । दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ । अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । ज्वरो आउने, स्याँस्याँ गर्ने र सिगान छोड्ने त्यसपछि मर्ने गरेको केन्द्रका पशु प्राविधिक धु्रव बस्नेतले जानकारी दिए ।

रोगको पहिचान गर्न नमूना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया सुरु भएको उनले बताए । अहिले रोग नियन्त्रणका लागि बबई गाउँपालिकाको स्वास्थ्य शाखाको टोली खटिएको छ । केही दिन देखि त्यहाँ बाख्रामा यसरी रोग देखा परेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *