नेकपा–राजमोबीच उपनिर्वाचनको सहमति

दाङ, कार्तिक ७ । सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेल गरेर जाने विषयमा सहमति भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘पहिले जसले जुन क्षेत्रमा निर्वाचन जितेको छ, ती निर्वाचन क्षेत्र त्यही पार्टीले लिने गरी सहमति भएको छ,’ अध्यक्ष केसीले भने, ‘यो सहमतिअनुसार अब हामी छिट्टै उम्मेदवारको नामावली टुंग्याउँछौँ ।’

तीन सिटमा नेकपा, एक सिटमा जनमोर्चा 
दुई पार्टीले चार सिटमध्ये तीन सिट नेकपा र बाँकी एक सिट राष्ट्रिय जनर्मोचाले लिनेगरी सहमति गरेका छन् । यो सहमतिअनुसार प्रतिनिधसभाअन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभाअन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) मा राष्ट्रिय जनर्मोचाले नेकपाको उम्मेदवारलाई सहयोग गर्नेछ । तीमध्ये कास्कीमा संघीय संसदको प्रतिनिधिसभा र बाँकीमा प्रदेशसभाको निर्वाचन हुनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाग्लुङ २(ख) मा प्रदेशसभाको उपनिर्वाचन हुनेछ । ती क्षेत्रमध्ये कास्की २ बाट नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो ।

बाग्लुङबाट जनमोर्चाका तीन उम्मेदवार सिफारिस
बाग्लुङ–२ (ख)का लागि जनमोर्चाका जिल्ला कमिटीले एक महिलासहित तीन उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गरिसकेको अध्यक्ष केसीले जानकारी दिए । सिफारिसमा परेका धर्म कुँवर, सुना घर्तीमगर र खगेन्द्र शाहीमध्येबाट जनमोर्चाले उम्मेदवार उठाउने तयारी गरेको छ । ‘तीनमध्ये एकजनाको नाम २१ गते मनोनयन दर्ता गर्नेगरी पार्टीले निर्णय गर्छ,’ केसीले भने । सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्वसचिव कृष्ण अधिकारी सहभागी थिए । भेटमा प्रधानमन्त्री ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन वाम दलबीच सहकार्यको आवश्यकता औँल्याएका थिए । त्यस्तै, केसीले गणतन्त्रका उपलब्धि जोगाएर जान वाम शक्ति एकजुट भएर अघि बढ्नुपर्ने सुझाब दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *