रिहा भएपछि विवेक श्रेष्ठले के भने ?

दाङ, कार्तिक ६ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ रिहा हुनु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियानले गरेको आन्दोलनको विषयलाई लिएर प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले दिएको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रिहा भए लगत्तै श्रेष्ठले पत्रकार सम्मेलन गरेर राजनीतिक द्धेष साधेर आफु माथि झुट्टा मुद्धा लगाएको जानकारी दिनुभएको छ । आरोपलाई प्रमाणित हुने कुनै पनि आधार नभएपछि प्रहरीले रिहा गरेको उहाँको भनाई छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिले सिध्याउन थालेको अवस्थामा दंगालीको सम्पतीको रुपमा रहेको अस्पताललाई सिध्याउन नदिने अभियानमा आफु लागेको अवस्थामा षड्यन्त्र गरेर झुट्ठा मुद्धा लगाएको भन्ने प्रमाािण्त भैसकेको उहाँले बताउनुभयो । शुल्क वृद्धि भएको विषयमा पत्रकार सुदिप गौतम, स्वास्थ्यकर्मी मदन वली र आफुले उच्च अदालतमा मुद्धा दायर गरेको र प्रतिष्ठान बचाउ अभियानको अगुवा भएकाले आफुलाई फसाउन खोजेको भएपनि असफल भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लाको एक दुइृ वटा अनलाईनहरुले सत्य नबुझेर आफुलाई फरार रहेको, पक्राउ परेको भनेर बदनाम गरिएको भन्दै उहाँले आफु विरुद्ध परेको उजुरीको बारेमा थाहा नभएको र थाहा पाए पछि आफै प्रहरीको सम्पर्कमा गएको प्रतिक्रिया दिनुभयो ।

साथै दाङ र यस आसपासका जनताको स्वास्थ्यसँग सम्बन्ध राख्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि भोलिका दिनहरुमा झनै शसक्त रुपमा लाग्ने बताउनुभयो । कसैले कमाई खाने भाँडो र राजनीति गर्ने थलोको रुपमा परिणत हुन नदिने, आफ्नो मान्छेलाई जागिर खुवाउने थलोको रुपमा मात्र सिमित राख्न नदिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *