रैथाने धानको माग बढ्दै किसानको आकर्षण घट्दै

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कार्तिक १ । दाङ जिल्लामा उत्पादन हुने रैथाने जातका धान उत्पादनमा किसानको आकर्षण घट्दो क्रममा रहेको छ तर बजारमा यसको माग भने बढिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


जिल्लामा तिल्की जातको रैथाने धान बाली लगाउने किसानको सङ्ख्या निकै घटेसँगै यसको उत्पादनमा पनि कमी आएको छ । स्थानीय किसान चित्रबहादुर खड्काका अनुसार पछिल्लो समयमा उच्च घरानिया र कर्मचारीका परिवारले तिल्की धानको चामलको माग गरे पनि उत्पादन भने हुन सकेको छैन ।


तिल्की चामलको बजार भाउ अन्य चामलको भन्दा दोब्बर बढी रहेको छ । अन्य चामलको मूल्य चार हजार ५०० रुपियाँ प्रतिक्विन्टल रहेको छ भने तिल्की चामलको मूल्य प्रतिक्विन्टल १२ हजार रुपियाँ रहेको खाद्यान्न व्यवसायीसमेत रहनुभएका खड्काले जानकारी दिनुभयो ।
रैथाने जातका धान बाली उत्पादनभन्दा बीउ बैङ्कका रूपमा संरक्षणका लागि मात्रै कृषि ज्ञान केन्द्रले कार्यक्रम अघि बढाएको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना सहायक अधिकारी फिर्तुलाल चौधरीका अनुसार रैथाने जातका बाली संरक्षणका लागि घोराही उपमहानगरपालिका–२ मा रहेको जैविक विविधता सहकारी संस्थालाई जिम्मेवारी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाले रैथाने जातका तिल्की, अनदी र सिम्ठारो धान ब्लक बनाएर उत्पादन गर्न थालेको अध्यक्ष राममणि पाण्डेले जानकारी दिनुभयो । सहकारी संस्थाले दाङ जिल्लाका रैथाने ३२ प्रजातिका बाली संरक्षण गरिरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । हाल सहकारी संस्थाले तिल्की, सिम्ठारो र अनदी धानको उत्पादनमा किसानलाई आकर्षित गराउन घोराही उपमहानगरपालिकाको वडा नम्बर २ र ९ को ढिकपुरका किसानलाई सहयोग गर्दै आएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ का किसान जनार्दन शर्माले जैंविक विधिबाट खेती गर्दा तिल्की धान उत्पादनमा कमी आएको बताउनुभयो । दुई बिघा जग्गामा तिल्की धानको खेती गर्नुभएका शर्माले यो वर्षबाट रासायनिक मल प्रयोग गरेर तिल्की धानको खेती गरेकाले उत्पादन वृद्वि हुने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि ज्ञान केन्द्र दाङले रैथाने जातका धान बाली लगाउने किसानलाई जैविक विविधता सहकारीमार्फत प्रविधि, मल, बीउ सहयोग गर्दै आएको केन्द्रका सूचना सहायक अधिकारी चौधरीले जानकारी दिनुभयो ।

अनदी धानको थारू समुदायमा विशेष महŒव रहेको थारू समुदायका अगुवा छविलाल चौधरीले बताउनुभयो । माघी, अट्वारी पर्वमा अनदी धानको चामल र पिठोका विशेष परिकार देवतालाई चढाउनुपर्ने मान्यताले थारू समुदायमा अनदी धान रोप्ने चलन रहेको छ । अनदी धानको खेती व्यावसायिक रूपमा नभई जीविकोपार्जनका लागि रोप्दै आएको तुलसीपुर उपमहानगरपालिका– १९ पकर्रेका किसान कृष्ण चौधरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिम्ठारो धानको समेत आयुर्वेदिक औषधीय गुण भएकाले यसको खेती विस्तार गर्नुपर्ने कविराज नारायण पौडेलले जानकारी दिनुभयो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *