विप्लवका २१ नेताबाट ६ थान पेस्तोलसहित राजनैतिक दस्तावेज बरामद

नेपाल प्रहरीले दाङबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई बुधबार राति १ दाङबाट पक्राउ गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४, मुग्रेठाखोलास्थित ज्ञानेन्द्र विक्रम रानाको घरमा बैठक बसिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय गढवा, वडा प्रहरी कार्यालय लमहीको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा विप्लव नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा मगर (सुवास) सहित विप्लवका दाजु तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्बहादुर चन्द (बीरजंग)लगायत २१ जना छन्।

उनीहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण दस्तावेज समेत फेला पारेको जनाएको छ। प्रहरीले उनीहरुको साथबाट मेड इन युएस लेखिएको पेस्तोल २ थान, त्यसको म्यागजिन २ थान, कटुवा पेस्तोल ४ थान, ३०३ राइफलको गोली ४ राउण्ड, सुतली बम १ थान बरामद गरेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, २४ थान मोबाइल, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनैतिक प्रस्ताव लेखिएको २५ पानाको ३ ठेली बरामद भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल कम्युनिष्ट पार्टीको परिपत्र र प्रेस वित्रप्ती लेखिएको ४÷४ पानाको ६ ठेली, आर्थिक सहयोग गरिदिने भनि लेखिएको लेटर प्याड ३० पाना, नेपाल कम्युनिष्ट पार्टीको १ थान छाप बरामद भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विभिन्न राजनैतिक दर्शका किताबहरु १३ थान, डायरी १६ थान, ग्लोबल आइएमई बै.कको चेक ४ थान र सामान बोक्ने झोला २१ थान बरामद भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *