बिदेश त्यागी स्वदेश मै तरकारी खेतीबाट लाखौ आम्दानी लिदै देउखुरीका अधिकारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

देउखुरी १ कार्तिक । दाङ देउखुरीको लमही नगरपालिका ३ टिकुलीगढमा ६ विगाह जमिन भाडामा लिएर एक किसानले लाखौ आम्दानी लिइरहेका छन् । प्युठान जिल्ला घर भएका सुरेन्द्र अधिकारीले दाङको देउखुरीमा व्यवसायीक तरकारी खेतीका माध्यमबाट लाखौ आम्दानी गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वदेशमा केही गर्ने सम्भावना नभएको भन्दै दिनहु युवाहरु विदेशीरहेको अवस्थामा उनले तरकारी खेतीबाट बार्षिक ३० लाख बढिको कारोवार गर्ने गरेको बताए । विगत पाँच बर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका अधिकारीले सिजन अनुसार तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिने हुँदा आफु तरकारी खेतीबाट सन्तुष्ट रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले भर्खर तरकारी उत्पादन भएकाले बेच्न सुरु गरेका छौ । त्यसैले अहिले आम्दानी भन्न सक्ने अवस्था छैन उनले भने गत बर्ष मैले ३० लाख बढिको तरकारी विक्रि गरेको हुँ । देउखुरीमा उत्पादन गरेको तरकारी लमही, घोराही, तुलसीपुरसँगै बुटवल, चितवनसम्म पठाउने गरेको बताए । सिजनमा जिल्लामा तरकारीको मुल्य हुदैन,त्यो समयमा बाहिर पनि पठाउने गरेको छु उनले भने बेमौसमी सिजनमा त जिल्लामै भ्याईनभ्याई हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उत्पादन भएको तरकारी ल्याउन कतिपय व्यवसायीहरु बारीमै जाने गरेका छन भने कतिपयलाई आफैले पठाईदिने समेत गरेको बताए । तरकारी व्यवसायमा राम्रो सम्भावना भएपनि तरकारी लैजाने व्यवसायीहरुले पैसा समयमा नदिदा समस्या हुने गरेको बताए । ६ विगाह जमिनमा करेला, लौका, काक्रा,टमाटरलगायतका तरकारी खेती गर्दै आएका उनले स्थानीय १५÷२० जनासम्मलाई रोजगारी समेत दिने गरेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तरकारीको सिजनमा एक्लै काम गर्न सकिदैन उनले भने समय अनुसार तरकारी लगाउन, गोडमेल गर्न मानिसहरु लगाउने गरेको छु । लमहीको देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह अध्ययन गर्दै आएका अधिकारीलाई तरकारी खेतीमा लगाउने कान्छा बुबा श्रीधर वली हुन ।

देउखुरीमा व्यवसायीक कुखुरा पालन गर्दै आएका वलीले नै आफुलाई तरकारी खेतीमा लाग्न प्रेरित गरेको अधिकारीले बताए । बेरोजगारी समस्याले दिनहु मानिसहरु बाहिर गैरहेको समयमा आफुले स्वदेशमै पढ्दै व्यवसाय गर्न पाउँदा अत्यन्तै खुशी लाग्ने गरेको उनी बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *